Tuesday, March 21

बाहु नकी छोरी ‘दलित महिला सदस्य’मा वि’ जयी

May 20, 2022 771

गुल्मी / उनी पोखरेल थर गरेकी (जैसी बाहुन) परिवारकी छोरी हुन्, जो यसपालीको स्थानीय तह निर्वाचनमा गुल्मीको एक नम्बर वडाबाट ‘दलित महिला सदस्य’मा निर्वाचित भएकी छन् ।

झट्ट सुन्दा जैसी ब्राह्मणकी छोरी दलित महिला सदस्यमा कसरी निर्वाचित भइन् भन्ने प्रश्न उब्जिएला । तर उनले यसअघि नै दलित महिला सदस्य हुने अधिकार प्राप्त गरेकी छन् ।

किनकि उनले दलित समुदायका युवासँग अन्तरजातीय विवाह गरेकी छन् । उनी हुन् गुल्मीको धुर्कोट गाउँपालिका– ६ धुरगाउँकी २१ वर्षीया मिना पोखरेल परियार ।

जसले २०७४ सालमा आफ्नै छिमेकी नारायण परियारसँग १६ वर्षको उमेरमा प्रेम विवाह गरेकी थिइन् । त्यस वडामा उनीसहित दलित महिला सदस्यका लागि तीन जना महिलाहरुले उम्मेदवारी दिएका थिए ।

स्वतन्त्र उमेदवारका रुपमा मधु दर्जी । नेपाली कांग्रेसबाट पार्वती बिक र नेकपा माओवादी केन्द्रबाट उनै मिना पोखरेल परियार दलित महिला सदस्यका उमेदवार थिए ।

अन्तिम मत परिणम यस्तो आयो कि स्वतन्त्र उमेदवार मधु दर्जीले जम्मा २४ मत प्राप्त गरिन् । निकटतम प्रतिद्धन्द्वी कांग्रेसकी पार्वती बिकले ४२६ मत ल्याइन् । माओवादीकी उनै मिना पोखरेल परियारले भने ८९९ मत प्राप्त गरिन् । अर्थात् कांग्रेसकी बिकलाई पोखरेल परियारले दोब्बर भन्दा बढी मतान्तरले पराजित गर्दै विजय प्राप्त गरिन् । उनले बिकलाई ४७३ मतले पराजित गरेकी हुन् ।

यसरी त्यस वडामा सबैभन्दा पपुलर मतले विजयी भएकी मिना पोखरेल परियार भन्छिन्– ‘म त चुनाव लड्न मानेकी थिइन्, प्ुष्कर सरले कर गरेर निकै हौसला दिनुभयो । उहाँकै प्रेरणबाट उठेँ ।

तर जितौँला भन्ने लागेको थिएन र पनि यति धेरै मतले जित्न पुगें । निकै खुशी लागेको छ ।’ उनले छिमेकी शिक्षक तथा पत्रकार पुष्कर खड्काको प्रेरणामा आफूले जनप्रतिनिधि हुने अवसर पाएको भन्दै खड्कालाई धन्यवाद दिइन् ।

जा’तीय रुपमा कुनै समय क’ट्टर मानिएका उनका माइती जैसी ब्रम्हण पोखरेल परिवारबाट दलितका छोरासँग विवाह गर्दा उनले खासै ठुलो चु’नौती मोल्नु परेन । धुर माविमै कक्षा १० मा पढ्दापढ्दै उनको नारायण परियारसंग विवाह भएको थियो ।

मिना भन्छिन्– ‘धुर माविमै पढ्दा देखि नै मैले माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सदस्यता लिएकी थिएँ । क्रमशः माओवादीको राजनीति निकै मन पर्यो, संगठित हुँदै गएँ । अहिले वडा सदस्यमा धेरै मतान्तरले जितेपछि आगामी दिनमा अझ माथि पुग्छु कि भन्ने हौसला जागेको छ ।’

गुल्मीमा अहिलेसम्म प्राप्त जानकारीअनुसार उनी सबैभन्दा कान्छी विजयी उमेदवार पनि हुन् । उनको वडामा उनको पार्टी माओवादी केन्द्र र एमाले बीच गठबन्धन हुँदा एमालेका कृष्ण नेपालीले पुनः वडाध्यक्ष जितेका छन् । – प्रेम सुनार / न्यूज 24 नेपाल बाट ।

प्रतिकृया दिनुहोस्