काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा १४५२१ मतान्तरले बालेन अगाडि रहेका छन् ।
पछिल्लो प्राप्त मत परिणामअनुसार बालेनले ३०८५८ मत ल्याउदा स्थापितले १६३३७ मत पाएका छन् । उनीहरु दुवैलाई गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले १५९६० मत साथ पछ्याइरहेकी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्टले १७९०, स्वतन्त्र उम्मेदवार सुमन सायमीले १२३५, विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले २०४ मत पाएकी छन् ।
यो पनि.. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन शाहलाई आफ्नो पार्टीमा स्वागत गर्न तयार रहेको बताएकी छन् । उनले आफूले शाहलाई सफल भएको हेर्न चाहेको पनि बताई्न् ।
उनले भनिन्–‘म उहाँलाई सक्सेस भएको हेर्न चाहन्छु, उहाँको उमेरमा हामीले निर्वाचन लड्ने मौका पाएनौं, हामी पार्टीको अर्थोडोक्स सिस्टमभित्र बसेकोले विद्रोह गर्न सकेनौं । उहाँले गर्नुभयो । बालेन शाहजीलाई मेरो पार्टीमा वेलकम गर्न चाहन्छु । तपाईँ सक्सेस हुनुहोस ।’
झाँक्रीले अहिलेको स्थानीय तहको निर्वाचनको परिणाम आफूहरुकोलागि अपेक्षित नै रहेको बताएकी छिन् । उनले आफूहरुको लागि वि’द्रो’ह बाध्यता रहेको सुनाईन् । आफ्नो पार्टीले अहिलेको स्थानीय तहको निर्वाचनबाट प्राप्त गरेको परिणामबाट विचलन नभएको उनको भनाई छ ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले एमाले विशाल पार्टी नै भएको र अहिले एमालेलाई हराउन आफूहरु काफी नै भएको बताईन् । यसपटक आफूले पनि नेपाली कांग्रेसलाई मत हालेको उनले बताईन् ।
उनले आफूहरुको पुस्तामा लोकतान्त्रिक प्रक्रियामा हिँड्ने र एक अर्काको सह–अस्तित्व स्विकार गर्ने संस्कृति रहेको सुनाईन् । उनले आफू अहिलेपनि गठबन्धनकै पक्षमा रहेको स्पष्ट पारिन् । उनले यो गठबन्धन आजको ज’बरजस्त आवश्यकत्ताले बनेको दा’बी गरिन् ।
हेर्नुहोस भिडियो :-
प्रतिकृया दिनुहोस्