Sunday, April 2

यस्तो हल्ला फैलिए पछी स्वतन्त्र उम्मेदवार साम्पाङ्ग सामाजिक सञ्जालबाटै गर सबैमा यस्तो अनुरोध…

May 21, 2022 545

सुनसरी : सामाजिक सञ्जाल फेसबुकमा शनिबार दिउँसो एउटा अफवा फैलियो, ‘धरानको मेयरमा हर्क साम्पाङ’ विजयी भनेर। यसको ‘ट्रेन्डसेटर’ चाहिँ वैशाख ३० गते राति काठमाडौँको मतगणना सुरु नभई मेयरका उम्मेदवारको मत परिणाम सार्वजनिक गर्ने पात्र रहेछन्।

उनकै फेसबुक पोस्टका आधारमा धेरैले बधाई दिन भ्याए। बधाई दिनेमा केही विशिष्ट व्यक्तिहरु पनि छन्। केही सञ्चारकर्मीको नाम पनि आउँछ। तर, त्यो जित नभएर अफवा मात्रै थियो भनेर स्वतन्त्र उम्मेदवार साम्पाङले केही समय अघि फेसबुकमा पोस्ट गरेर पुष्टि गरेका छन्।

उनले आधिकारिक फेसबुक पेजमार्फत भनेका छन् ‘हर्क साम्पाङ अ रेवोलुसन’मा पोस्ट गर्दै लेखेका छन्, ‘मगतगणना जारी छ ! यसै भन्ने अवस्था छैन ! अहिले नै नै जितको घोषणा नगरिदिनुहुन सबै समर्थक ज्यूहरुलाई हार्किक अनुरोध गर्दछु।’

उनले यो पोष्ट गर्दा धरानमा ४७ हजार ९५ मतगणना सम्पन्न भएको छ। जम्मा ६२ हजार ८९७ मत खसेकोमा १५ हजार ८०२ मत गणना गर्न बाँकी छ। यो समयसम्म धरानमा १६ वटा वडाको अन्तिम मतपरिणाम आइसकेको छ भने वडा नम्बर १५ र १६ को मतगणना जारी छ।

१७ नम्बर वडाको मत ब्यालेट बक्समा नै रहेको छ। ताजा अवस्थामा साम्पाङले १५ हजार ७७ मत ल्याएका छन् भने गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईले १२ हजार ४१० मत ल्याएका छन्। कांग्रेसका राईभन्दा स्वतन्त्र उम्मेदवार साम्पाङ २६६७ मतान्तर अगाडि छन्। पूर्व उमेयरसमेत रहेकी नेकपा (एमाले)की उम्मेदवार मञ्जु भण्डारी सुवेदी १० हजार ११२ मतका साथ तेस्रो स्थानमा रहेकी  छन्।-‘थाहाखबर

प्रतिकृया दिनुहोस्