Tuesday, March 21

किशोरीलाई ब’ लात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक पक्राउ

May 21, 2022 625

काठमाडौँ — आठ वर्षअघि एक किशोरीलाई बला त्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो । उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । उनले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बला त्कार गरेको आरोप छ ।

युवतीले आफूमाथि ब लात्कार भएको भन्दै टिकटक भिडिओमार्फत् घटनाबारे सार्वजनिक गरेकी थिइन् । यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस्