Saturday, June 3

नवनिर्वाचित धरानका मेयर हर्क साम्पाङले लिए शपथ

May 23, 2022 496

सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्कराज साम्पाङ राईले शपथ ग्रहण गरेका छन् । साम्पाङलाई जिल्ला निर्वाचन प्रमुख अधिकृतसमेत रहेका सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका हुन् ।

स्थानीय तहको निर्वाचनमा दलीय उम्मेदवारहरुलाई पराजित गर्दै विद्रोही स्वभावको पहिचान बनाएका साम्पाङ स्वतन्त्रबाट विजयी भएका हुन् । धरानको चुनावी राजनीतिक इतिहासमा एमाले र कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दलका उम्मेदवारलाई पराजित गर्दै पहिलो पटक साम्पाङले स्वतन्त्र उम्मेदवारीमार्फत प्रमुख पदमा विजयी भएका हुन् ।

यो पनि..धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । ४ हजार ६ सय मत गणना बाँकी छदै उनी मेयरमा विजयी भएका हुन् ।

धरानमा ६२८९८ मत खसेको थियोे । जस मध्ये ५८२७७ मत गणना भएको छ । अब गणना गर्न ४६२१ मत बाँकी छ । निकटतम प्रतिद्वन्दी किशाेर राईसँग ४१५९ मतले अगाडि छन् ।

लाैराे चुनाव चिन्ह लिएका  स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १९१५५ मत पाएका छन् । साम्पाङ आफैंले पनि आफ्नो जित भएको उल्लेख गरेका छन् । अब धरानकाे खानेपानी र फाेहाेर मैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।

धरान उपमहानगरको उप-प्रमुखमा माओवादी उम्मेदवार अइन्द्र विक्रम बेघाले १८८६४ र एमाले उम्मेदवार पदम ईस्वोले १६५८१ मत पाएका छन् ।

हर्कले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन् :- विजय जुलुस भोलि निकाल्ने कुरा गर्दैहुनुहुन्छ साथीहरुले ! खदा र माला लगाइदिनु पर्दैन मलाई ! अनावश्यक खर्च नगर्नु ! तपाईंँहरुको भोट नै मेरो लागि जीवन भर पुग्ने सम्मान हो !

प्रतिकृया दिनुहोस्