Tuesday, March 21

काठमाडौंमा बालेनको चर्चा चु’ लिदै गर्दा डडे ल्धुरामा पनि अ र्का बालेनको चर्चा !

May 23, 2022 851

देशको राजधानी उपत्यका रहेको काठमाडौं महानगरको मतगणना जारी रहदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको चर्चा भईरहेको छ । प्रतिद्वन्दी भन्दा बालेनले दोब्बर मतको अन्तरले अग्रता लिएका छन् । बालेनले चर्चा चलिरहेका बेला आइतबार डडेल्धुरा सदरमुकाममा पनि उनकै चर्चा चल्यो ।

दिउँसो डडेल्धुरा सदरमुकाम बागबजार बालेन साह जस्तै एक युवकलाई अविर र घाँटीभरी मालैमालासहित बजार परिक्रमा गरे। झट्ट हेर्दा बालेन साह जस्तै देखिने उनी थिए आलु सुपरजोन डडेल्धुराका बरिस्ठ कृषि अधिकृत खेम राज जोशी !

बालेनको मिल्दो फेस, दार्ही र उनकै ब्राण्डको चस्मा लगाएरका थिए । जोशीलाई कृषकका तर्फबाट अभिनन्दन तथा सम्मान कार्यक्रम गरेको थियो । डडेल्धुराका कृषकहरुले बरिस्ठ कृषि अधिकृत खेम राज जोशीलाई बाजागाजासहित र्‍याली लिकालेको थियो ।-सुधुरखबरबाट।

यो पनि… सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्कराज साम्पाङ राईले शपथ ग्रहण गरेका छन् । साम्पाङलाई जिल्ला निर्वाचन प्रमुख अधिकृतसमेत रहेका सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका हुन् ।

स्थानीय तहको निर्वाचनमा दलीय उम्मेदवारहरुलाई पराजित गर्दै विद्रोही स्वभावको पहिचान बनाएका साम्पाङ स्वतन्त्रबाट विजयी भएका हुन् । धरानको चुनावी राजनीतिक इतिहासमा एमाले र कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दलका उम्मेदवारलाई पराजित गर्दै पहिलो पटक साम्पाङले स्वतन्त्र उम्मेदवारीमार्फत प्रमुख पदमा विजयी भएका हुन् ।

यो पनि..धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । ४ हजार ६ सय मत गणना बाँकी छदै उनी मेयरमा विजयी भएका हुन् ।

धरानमा ६२८९८ मत खसेको थियोे । जस मध्ये ५८२७७ मत गणना भएको छ । अब गणना गर्न ४६२१ मत बाँकी छ । निकटतम प्रतिद्वन्दी किशाेर राईसँग ४१५९ मतले अगाडि छन् ।

लाैराे चुनाव चिन्ह लिएका  स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १९१५५ मत पाएका छन् । साम्पाङ आफैंले पनि आफ्नो जित भएको उल्लेख गरेका छन् । अब धरानकाे खानेपानी र फाेहाेर मैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।

धरान उपमहानगरको उप-प्रमुखमा माओवादी उम्मेदवार अइन्द्र विक्रम बेघाले १८८६४ र एमाले उम्मेदवार पदम ईस्वोले १६५८१ मत पाएका छन् ।

हर्कले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन् :- विजय जुलुस भोलि निकाल्ने कुरा गर्दैहुनुहुन्छ साथीहरुले ! खदा र माला लगाइदिनु पर्दैन मलाई ! अनावश्यक खर्च नगर्नु ! तपाईंँहरुको भोट नै मेरो लागि जीवन भर पुग्ने सम्मान हो !

प्रतिकृया दिनुहोस्