काठमाडौं / देउकृष्ण देवानको निर्देशनमा तयार पारिएको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायिका सुनिता थेगिम र चारखोले शिशिर लिङ्देमको स्वरमा रहेको ‘पानी कुवैको’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
जीवन बरालको शब्द तथा कृष्ण भक्त राईको एरेञ्ज रहेको गीतलाई गायकसमेत रहेको चारखोले शिशिर लिङ्देमले संगीतबद्ध गरेका हुन् । किङ्गस् स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुरेश राईले रेकर्ड तथा सानु कुमार पुनले मिक्सिङ÷मास्टरिङ गरेका हुन् ।
तीला भट्टराईले निर्माण गरेकी गीतको भिडियोलाई देउकृष्ण देवानले निर्देशन गरेका हुन् । भिडियोमा सयौं कोरस राखेर भिडियो बनाउन माहिर देउकृष्णको आफ्नै कन्सेप्ट रहेको छ । फिल्म ‘तारेभीर’फेम निर्माता देउकृष्ण पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा निकै सक्रिय छन् । हालसम्म उनले दुई दर्जन बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।
पछिल्लो समय उनको निर्देशनमा तयार भएको ‘डाँडा बजार’ र ‘तमोर सलल’ गीतले निकै चर्चा पाएको थियो । सार्वजनिक गरिएको यस ‘पानी कुवैको’ गीतको भिडियोमा उमेश राई र विमला लिम्बू फिचर्ड छन् । – न्युज 24 नेपाल बाट ।
हेर्नुहोस पुरा भिडियो :
प्रतिकृया दिनुहोस्