काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् ।
अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ ।
साहको एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ । काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेको बलियो संगठनलाई तोड्दै साह विजयी भएका हुन् । यस्तै उप मेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन् ।
मेयर हर्क साम्पाङले ग’ राए उपमेयर र वडाका जनप्रतिनिधिहरुलाई सपथ ग्र’ हण (भिडियो सहित)
गत बैशाख १२ गते सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागी एक भुँइमान्छे हर्क साम्पाङले उमेदवारी दर्ता गराउँदै गर्दा कसले पो सोचेको थियो होला र उनीनै हुनेछन् धरानको भावी मेयर, तर निर्वाचनको अन्तीम मत परिणाम आउँदा झट्ट सुन्दा असमान्य लाग्ने नतिजा धरानले निकालेको छ ।
भुँइमान्छेको तहमा रहेर धरानबासीका हरेक समस्यामा नजिक बाट लड्दै भिड्दै आएका साम्पाङ अन्तत धरान उपहानगरपालिकाको मेयर निर्वाचित भएका छन् ।साम्पाङले आफ्नो नामको पछाडी ‘एउटा क्रान्ति’ भन्ने शब्द जोडेर आफ्नो फेसबुक पेज बनाएका छन् उनको जितले बास्तवमै एउटा क्रान्ति बोलेको छ ।
धरानको मेयरमा निर्वाचित हुने वित्तिकै साम्पाङले सामाजिक संजालमा एउटा स्टाटसले लेख्दै विजय जुलुसमा आउँदा कसैलाई पनि खादा माला नल्याउँनु भनेर अनुरोध गरे त्यसो त उनले चुनावी अभियान भरिनै खादा माला नकिन्नु बरु त्यो पैसाले छोराछोरीलाई कापी कलम किन्नु भनेका थिए यसबाट पनि उनको सोचाइको उचाई कति छ भनेर नाप्न सकिन्छ ।
एकातिर नेपाली काग्रेस , माओवादी केन्द्र नेकपा एस लगायतको गठबन्धन त अर्को तिर एमालेको पनि छुट्टै फुर्तीका साथ निर्वाचनमा तामझामका साथ प्रतिष्पर्धा चलिरहेका बेला एक्लै चुनावी प्रसारमा हिँडेर ,एक्लै पर्चा बाँडेर बिजयी हुन उनका लागी चानचुने कुरा थिएन त्यसैले होला अन्तीम मत परिणाम घोषणा हुँदा साम्पाङले आँशु रोक्न सकेनन् आँखा भएर नुनिला धारा बगिहाल्यो ।
जनताले दिएको भोट नै आफ्नो लागी सबैभन्दा ठूलो सम्मान भएको र त्यसका लागी आफु सदैव ऋणि हुने भन्दै शिरको टोपी राखेर एक भावुक स्टाटस उनले सामाजिक संजालमा पोष्ट गरेका छन् । एउटा भुँइमान्छेले व्यालेट बाट पुरा गरेको सानदार क्रान्तिको चर्चा यति खेर देशै भरि भइरहेको छ ।
धराने जनताको खानीपानी समस्या , भ्रष्टाचार विरुद्धको आन्दोलन लगायतका हेरक सामाजिक मुद्धाहरुमा अग्रमोर्चामा बसेर लडिरहने साम्पाङले यो सफलता भने चानचुने तरिकाले प्राप्त गरेका होइनन् । सबैतिरबाट अपहेलित र बहिस्कृत हुँदा समेत न्यायको लडाइँमा नलर्खराएका उनका खुट्टाले यति खेर बल्ल दरिलो आड पाएको छ ।
जनताको समस्या राख्ने ठाउँ सम्म पनि पत्रकारले नदिएको भन्दै दिउँसै लाइट बालेर जनताको कुरा सुनिदिने पत्रकार खोज्दै हिड्ने साम्पाङलाई खोज्दै अहिले देशैभरका पत्रकारहरुको धरानमा लाइन लागेको छ । उनका कथा र व्यथाहरुले मिडियाका पाना रंगिएका छन् यो दिन सम्म आइपुग्दा उनले भोगेको पीडा र दर्दका कथा भने निकै मन छुने छ ।
समान्य परिवारमा जन्मिएका साम्पाङले वैदेशिक रोजागरीका लागी इराक र अफगानस्थान पुगेर १० बर्ष पसिना बगाएका छन् । यी दुवै मुलुक नेपालीका लागी प्रतिबन्धीत मुलुक हो । अन्यन्तै कष्टर आर्थिक अवस्थाका कारण परिवार पाल्नैका लागी उनले ज्यानको बाजीनै लगाएर जोखिमपुर्ण मुलुकमा गएर काम गरेका थिए । फर्किए पछि निरन्तर धरानका जनताको दुखमा लड्नै आए ।
२०३९ सालमा खोटाङमा जन्मिएका हर्क साम्पाङ अहिले धरान(१८ बुद्धचोकमा बस्छन्। लाहुरेका छोरा उनले धरानकै महेन्द्र क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्। कुनै बेला धरानमा ट्युसन पढाउने र कम्प्युटर सिकाउने साम्पाङले वैदेशिक रोजगारका सिलसिला झन्डै ६ वर्ष इराक र अफगानिस्तानमा बिताए।
उनको परिवारमा आमा, पत्नी र दुई छोराछोरी छन्। उनकी पत्नी घरैमा सानो किराना पसल चलाउँछिन्। उनले विदेशबाट फर्केपछि केही अटो किनेर भाडामा चलाउन दिएका छन्। उनको आम्दानीको स्रोत त्यही हो।
उनी सामाजिक सञ्जालदेखि धरानका सडकमा हाते माइक बोकेर खानेपानी, प्राकृतिक स्रोत दोहन लगायत विविध मुद्दामा भाषण गर्थे। उनका त्यस्ता भाषण सुन्न धेरै मान्छे आउँदैन थिए। तर कसैले सुनोस् कि नसुनोस्, साम्पाङले आफ्ना कुरा निरन्तर भनिरहे।
धरानका खोलानालामा ठेकेदारले जथाभावी उत्खनन गर्दा नगर नेतृत्व रमिते बनेको थियो। साम्पाङसहित केही मानिसले फिल्डमै गएर प्रतिरोध गरेका थिए। त्यस बेला उनका केही साथी घाइतेसमेत भए। खानेपानीको मुद्दा उठाउँदा उनलाई पाइप तोडफोड गरेको मुद्दामा थुना पनि पठाइएको थियो।
उनी २०७६ मा धरानको उपनिर्वाचनमा उम्मेदवार बने। उनको उम्मेदवारीलाई मतदाताले पत्याएनन्। उनले ४२२ मत मात्रै पाए। एमालेको लालकिल्ला भत्काएर पहिलोपटक कांग्रेसका तिलक राई मेयर बने।
साम्पाङ फेरि सडकमै फर्किए। हाते माइक बोकेर भाषण गर्न थाले। त्यति बेला पनि उनी एक्लै थिए।उनको एक्लो यात्रा वैशाख ३० को चुनावअघिसम्म जारी थियो।अरू उम्मेदवारको घरदैलो अभियानमा हजारौंको लर्को लाग्थ्यो। साम्पाङ भने थोरै साथीहरूसँग चोकचोकमा भाषण गर्दै हिँड्थे।
दलका उम्मेदवारको भाषण सुन्न धरानभरिबाट गाडीमा मान् दलका उम्मेदवारको भाषण सुन्न धरानभरिबाट गाडीमा मान्छे ओसारिन्थे। साम्पाङको भाषण सुन्न न स्रोता हुन्थे न ताली ठोक्न समर्थक। स्रोताविहीन चोकमा एक्लै उभिएर उनी आफ्ना कुरा राखिरहन्थे।
बाइक र्याली, आमसभा साम्पाङको बुताबाहिरको विषय थियो। ठूला दलका उम्मेदवारहरूले र्याली र आमसभा गर्न चिताए मात्रै पुग्थ्यो। सत्ता गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारहरू ठूला सभा र र्यालीमा व्यस्त रहँदा उनी भने काँधमा राष्ट्रिय झन्डा भिरेर मतदाता भेट्दै घरघरै लुसुलुसु पसिरहेका हुन्थे।
दलहरूका मञ्चमा कलाकारहरूको भीड लाग्थ्यो। साम्पाङका लागि भने चुनावी गीत गाइदिने अर्को गायक पनि थिएन। त्यसैले आफ्नै अटोमा जडित माइकमा गितार बजाएर उनी आफैं गीत गाउँथे। भाषण आफैं गर्थे। दलहरूका लागि चुनावी घोषणापत्र लेख्ने विज्ञहरूको टिम थियो। उनले आफ्नो प्रतिबद्धतापत्र आफैं लेखेका थिए, त्यो पनि बुँदागत रूपमा मात्रै।
अन्तत उनको विद्रोहको बोलीमा धराने जनताले पनि लोली मिसाइदिएका छन् र भारी मतान्तरले उनी आगामी पाँच बर्षका लागी धरान उपमहानगरपालिकाको मयेर बनेका छन् । उनी माथी जनताले गरेका आशाको चुली जती छ त्यतीनै उनीमाथी चुनौतीको पहाड पनि अगाडी ठडिएको छ । आफुले खोजेको बाटोमा जनताले राजेर पठाइदिए पछि अर्को चुनौतीपुर्ण यात्राको सुरुवाता साम्पाङले गर्दैछन्।
मेयरका रुपमा राज्यले दिने तलब भत्ता लिने तर त्यसभन्दा बढि एक रुपैँया पनि हिनामिना गरेको प्रमाणित गरेका एकहप्तामा राजिनामा दिएर कहिल्यै नफर्कने गरि धरान छोड्ने सार्वजनिक कसम खाएका साम्पाङको सफलता या असफलतालाई धरानले मात्रै होइन सिंगो मुलकले नजिकबाट चिहाइरहने छ ।
अब हेरौ अनि नबनियुत्त मेयर हर्क साम्पाङसँग मेयर हर्क साम्पाङले गराए उपमेयर र वडाका जनप्रतिनिधिहरुलाई सपथ ग्रहण (भिडियो) हेर्न यो लिङ्कमा क्लिक गर्नुस…
प्रतिकृया दिनुहोस्