Tuesday, March 21

मनै छुने भिडियो… एक पोका काफल बेच्दाको खु:शी (भिडियो )

May 26, 2022 459

जाजरकोट । स्कुल जानका लागि बालबालिका श्रम गर्छन् भने बालअधिकारसम्बन्धी महासन्धिले पनि त्यसको अनुमति दिन्छ । तर, जाजरकोटका बालबालिका पढाइमा भन्दा बढी कामतिर लागेका देखिन्छन् ।

‘किन काफल बेचेर बसेको, पढ्नुपर्दैन’ भनेर सोध्दा उनीहरू ‘यति काफल किनिदिनुस् न दाइ, कापी–कलम किन्नुछ’ भनेर जवाफ दिन्छन् ।दुई घण्टा पैदल हिँडेर सदरमुकाम खलङ्गामा काफल ल्याएर बिक्री गर्ने बालबालिकाको समय पढाइमा भन्दा काममा बढी लागेको स्थानीय वासिन्दाहरूको भनाइ छ । विद्यालयमा चाहिने शैक्षिक सामग्री, कापी कलम भर्ना शुल्कका लागि आफ्नो खर्च आफैं जुटाउनु उनीहरूको बाध्यता देखिन्छ ।

आर्थिक अवस्था कमजोर भएको, अभिभावकको रोजगारी नभएपछि पढ्ने चाहना राखेका बालबालिकाहरू निन्द्रा र भोकले सताउने उमेरमा बिहान बिहानै सरदमुकामको खलङ्गा बजारमा काफल बोकेर आउने गरेका छन् ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

भिडियो हेर्नुहोस्..यो भिडियो केही बर्ष पुरानो भए पनि बालबालिकाहरूले काफल बेच्दै देखिन्छन्..

प्रतिकृया दिनुहोस्