Monday, March 20

नवनि’ र्वाचित मेयरको निर्देशन : “दलमा लागेका शिक्षकहरुले ७ दिनभित्र रा’ जीनामा दिनु”

May 26, 2022 461

बर्दियाको राजापुर नगरपालिकाले राजनीतिक दलमा आवद्ध सामुदायिक विद्यालयका शिक्षकहरुलाई राजीनामा दिन निर्देशन दिएको छ। नवनिर्वाचित नगर प्रमुख दिपेश थारूले सामुदायिक विद्यालयहरुलाई पत्र काटेर राजनीतिक दलको कार्यकारीणी पदमा रहेका शिक्षकहरुलाई राजीनामा गर्न लगाउन निर्देशन दिएका हुन्। उनले दलको कार्यकारीणी पदमा रहेका शिक्षकहरुको राजीनामाको विवरण सात दिनभित्र नगरपालिकामा बुझाउन पनि भनेका छन्।

‘शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा १६ (ङ) को उपदफा ५ को (छ) मा उल्लेखित व्यवस्था उल्लंघन गरी विभिन्न राजनीतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनीतिक दलको कार्यकारीणी पदमा रही विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरण विपरित गर्ने यस राजापुर नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र यस कार्यालयमा पेश गर्न हुन जानकारी गरिन्छ,’ पत्रमा भनिएको छ।

नगर प्रमुख थारूले राजनीतिक दलका विभिन्न तहका कार्यसमितिमा रहेका सामुदायिक विद्यालयका शिक्षकलाई राजनीति र शिक्षण पेसामध्ये कुनै एक छनौट गर्न उक्त निर्देशन दिइएको प्रतिक्रिया दिएका छन्। ‘शिक्षकहरु प्रत्यक्ष राजनीतिमा लाग्नुभएको छ। पार्टीका जिल्ला कमिटी, क्षेत्रीय कमिटी, नगर कमिटीदेखि क्षेत्रीय प्रतिनिधिसमेत हुनुहुन्छ,’ उनले नेपालखबरसँग भने, ‘राजनीति गर्ने हो, दलमै आवद्ध रहने हो भने पेशाबाट राजीनामा दिनै पर्छ। नत्र पार्टीको सक्रियता छोडेर पेशा रोज्नुस् भनेका हौँ।’

धरान उपमहानगरपालिकाका लागि नव निर्वाचित मेयर हर्कराज साम्पाङ्ग राई बिहिबार झाडु बोकर सरसफाईका लागि भानु चौकमा पुगेका छन् । क्लिन धरानको अभियान सहित मेयर राई शहरलाई सफा राख्न र फोहोर नगर्न भन्दै धरानको मुटु मानिएको भानु चौकमा सरसफाईको लागि आफ्ना सहयोगी सहित भानु चौक पुगेका हुन् ।

राईले झाडु लिएर आफैले सफाई समेत गरेका छन् भने मेयर आफै सरसफाईमा जुटेपछि सहयोगी र अभियान्ताहरुले पनि राईलाई साथ दिएका थिए । कार्यभार सम्हालेको दिनको भोलिपल्टै बुधबार खानेपानीको मुहारको सफाई गर्न सर्दुको मुहानमा पुगेका मेयर राईले त्यहाँ समेत फोहोर नगर्न र नियमित सरसफाई गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।

बुधबारै मेयर राईले बिहिबार हुने सरसफाई कार्यक्रममा सहभागि हुन आफ्नो सामाजिक संजालको प्रयोग गर्दै धरानेलाई झाडु बोकेर सहभागिहुन अनुरोध गरेका थिए । अभियान्ता र पत्रकारका विचमा रहेका राईले बस पार्क र टेम्पो स्टेण्डको बिच बिचमा डस्विन राख्न निर्देशन गरेका छन् । यसैविच मेयर राईले धरानको भानुचोकमा रहेको पव्लिक ट्वाइलेटको समेत निरिक्षण गरेका थिए ।

भिडियो…

प्रतिकृया दिनुहोस्