काठमाडौं महा`नगरपालिकाका नवनि`र्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रति`वद्धता गरेका छन्।
विजयी भएको घोषणा`पछि बोल्दै नवनिर्वाचित मेयर शाहले काठ`माडौंलाई अबको ५ वर्षमा विश्वकै सुन्दर शहर बना`उने घोषणा गरे। उनले काठमाडौं`लाई एउटै परिवार ठानेर काम गर्ने प्रतिवद्धता`समेत जनाए। नवनिर्वाचित मेयर साहले विजय`लाई नयाँ कार्यको थालनीको रुपमा लिएको उ`द्घोष गरे। उनले अबको ५ वर्ष आफ्ना कार्य`योजनालाई पूर्ण गर्ने जिकिर गरे।
‘आज`बाट हामीले एउटा सुरू`आतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो का`र्यको सुरूआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरू`लाई पूर्ण रूपमा कार्य`सम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’
उनले काठ`माडौं महानगर`लाई नै एउटा परि`वारको रूपमा लिएको बताएका छन्।
‘काठमाडौं महानगर परि`वारको रूपमा रहेको छ। सधै परिवार नै थियो र परिवारनै रहनेछ’, उनले भने,‘हामी सबै मिलेर अब काठ`माडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बना`उन सबैले सह`कार्य गर्नेछौं भन्ने आशा राखे`का छौं।
नयाँ मेयर`का रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित भएका छन्। यो मेयर पद`मा खसेको कुल सदर मतको ३८.६३ प्र`तिशत हो। उनले नेपाली कांग्रेस`की मेयर उम्मेदवार सिर्जना सिंह`लाई हराए।
सत्ता गठबन्धनबाट साझा उम्मेद`वार बनेकी सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन्। एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।
बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन्।
यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भइन्। उनले ६८ हजार ६१२ मत पाएकी छन्।उप`मेयरमा गठ`बन्धनका तर्फबाट एकीकृत समाज`वादीका रामे`श्वर श्रेष्ठले २३ हजार ८०६ मत पाए। उपमेयरमै आँखीझ्याल चुनाव चिह्न लिएर उठेकी स्वतन्त्र उम्मेद|वार विद्या श्रेष्ठ (महर्जन) ले १३ हजार ६९५ मत पाएकी छन् भने राप्रपा`की बिनिता मगैयाले १२ हजार १४१ मत पाए`की छन्। त्यस्तै लौरो चिह्न लिएर उपमेयरमा स्वतन्त्र उम्मे`दवारी दिएका वेन्जी सिंह मह|र्जनले ६ हजार ५५५ मत पाएका छन् ।
बाँकी तलको भिडियो हेर्नुहोस्..
प्रतिकृया दिनुहोस्