Saturday, November 26

धरानका मेयर हर्कराज राई र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दे’न बीच भे’ टघाट, के राई पार्टी प्रवेश गर्न ला ग्या हुन् त ?

May 29, 2022 396

धरानका चर्चित मेयर हर्क राज साम्पाङ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बीच भेट भएको छ । पार्टीको कार्यक्रममा प्रदेश नम्बर १ पुगेका लिङ्देनले मेयर राईलाई भेटेका हुन् ।

राप्रपा अध्यक्ष लिङ्देनले नव निर्वाचित मेयर राईलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । यस बाहेक उनीहरू बीच के कुराकानी भयो भन्ने बारे केही खुलेको छैन ।

मेयर राईले यस अघिनै विभिन्न सञ्चार माध्यम सँग कुरा गर्दै आफू कुनै पनि पार्टी प्रवेश नगर्ने उद्घोष गरिसकेका छन् । पार्टी भित्र बसेर आफूले सोचे अनुसारको काम गर्न नसकिने राईको जिकिर छ । उनी भन्छन : “नेपालका पार्टी हरुमा सुरक्षा निकायको जस्तो चेन अफ कमाण्डको रुल छ । माथिको नेताको आदेश र कुरा मात्र मान्नु पर्ने भएकाले सोचेअनुरुप को काम गर्न सकिदैंन।”

यस अवस्थामा कुनै दलका नेतासँग भेटघाट हुँदैमा पार्टी प्रवेश नै गर्न लाग्या हुन् की भन्ने आशङ्का गर्न नहुने राईका समर्थक बताउँछन् ।

प्रतिकृया दिनुहोस्