Saturday, October 1

खराब मौसमका कारण सम्पर्क विहीन जहाजको खोजीमा समस्या

May 29, 2022 208

काठमाडौँ — पोखराबाट जोमसोम जाँदै गर्दा सम्पर्क विहीन भएको तारा एयरको जहाजको खोजीमा प्रतिकूल मौसम बाधक बनेको छ । मौसम खराब भएका कारण खोजी कार्यमा कठिनाइ भएको मुस्ताङ प्रहरीले जनाएको छ । पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको ९ एन एईटी ट्विनअटर जहाज लेतेपास नजिक पुगेपछि सम्पर्कविहीन भएको थियो ।

१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । सो जहाजमा १९ यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना छन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदका अनुसार आज बिहानैदेखि मुस्ताङ सहितका उच्च पहाडी र हिमाली भागमा बदलीको अवस्था छ । अपराह्नदेखि मौसम अझै प्रतिकूल हुने पूर्वानुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्