Saturday, November 26

मेयर बालेन शाहको घोषणा : “फोहर व्यवस्थापन नभएसम्म फूलमाला र खादा नलगाउने”

May 30, 2022 217

काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले पदबहाली गरेकी छन् ।राष्ट्रिय सभा गृहमा शपथ ग्रहण गरे लगत्तै शाहले नगर सभाको पहिलो बैठक लाइभ गर्ने बताएका छन् ।

आफ्नो चुनावी प्रतिबद्धताअनुसार नगर सभाको बैठक लाइभ गरिने साहले बताए ।निर्णय पारदर्शी हुनुपर्ने र नागरिकले थाहा पाउनुपर्ने भन्दै उनले पहिलो बैठक लाइभ गर्ने उनको भनाइ रहेको छ ।

आफ्नो मुख्य एजेन्डा नै काठमाण्डौको फोहर व्यवस्थापन भएकाले फोहर व्यवस्थापन नगरेसम्म खुसी नमनाउने र फूलमाला तथा खादा नलगाउने उनले बताए । हामीले गरेको पापको भारी सिसडोलवासीले भोग्दै छन् भन्दै उनीहरुमा क्यान्सर पीडित भएको र छालाको रोग लागेको उनले बताए ।

प्रतिकृया दिनुहोस्