Tuesday, November 29

नायिका मिरुना मगरसँग फुर्पा लामाले यसरी मागे माफी (भिडियो सहित)

May 31, 2022 388

काठमाडौँ — अहिले हलमा प्रदर्शन भइरहेको कबड्डी ४ की नायिका मिरुना मगरले दर्शकलाई आफूमाथि ‘दुव्र्यवहार’ गरेको भन्दै थप्पड हन्नेपछि उनको चर्को विरोध र आलोचना भइरहेको छ ।

काठमाडौँको सिभिल मलमा आइतबार साँझ फिल्म हेर्ने क्रममा मुगु घर भएका फुर्वा लामाले आफूलाई दुव्र्यवहार गरेको भन्दै मिरुनाले उनलाई गालामा थप्पड हानेकी थिइन । मिरुनाको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।

फुर्वालाई न्युरोडस्थित महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरीमा राखिएको छ । फिल्म हेर्न आएका दर्शकले पछाडिबाट छोएको भन्दै नायिकाले सार्वजनिकस्थलमै लामा पहिरनमा रहेका फुर्वालाई थप्पड हानेर दुव्र्यवहार गर्दै न्युरोडस्थित महानगरीय प्रहरी वृत्त जनसेवाको जिम्म लागएको भन्दै लामाको रिहाईको माग गर्दै जम्ली समाज काठमाडौँले आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।

दर्शकलाई फसाउन खोजेको भन्दै आक्रोशित दर्शकले हलहरूमा प्रदर्शन गर्दै मंगलबार फिल्म प्रदर्शन बन्द गराएका छन् । उक्त घटनासँग सम्वन्धित एउटा भिडियो फुटेज पनि सार्वजनिक भएको छ ।

भिडियोमा भिडभाडबीच मिरुनाले लामा पहिरनमा रहेका एक पुरुषलाई थर्काइरहेको देखिन्छ । ‘अब आइन्दा कसैलाई यस्तो गरिस भने ‘डु यु थिंक इट्स जोक’ भन्दै थर्काएर मिरुना हिँड्छिन् । त्यसपछि ती व्यक्तिले सबैका अगाडि कान समातेरर माफी मागेका छन् ।

यस्तै आफूलाई दूर्व्यवहार भएको आरोप लगाउने ‘कबड्डी–४’ कि नायिका मिरुना मगर र आरोपी फुर्पा तामाङले एक अर्कासँग माफी मागेका छन् ।

मंगलबार दुवै पक्षबीच सहमति भएपश्चात् फुर्पाले आफूले गरेको दूर्व्यवहारप्रति माफी मागे भने मिरुनाले पनि फुर्पालाई भाई सम्झेर माफी दिँदै यस घटनाले सम्बन्धित सम्प्रदायप्रति असर पुगेको भन्दै माफी मागिन् ।

सहमति पत्रमा भनिएको छ, ‘मिरुना मगरमाथि भएको अभद्र व्यवहारसम्बन्धि घटनामा मुगु घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसमक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाई सम्झेर माफी गरेकी छन् ।’

त्यसपछि मिरुनाले पनि यस घटनाले सम्बन्धित धर्म, सम्प्रदाप्रति पुगेको असरमा माफी मागेकी छन् । सहमति पत्रमा भनिएको छ, ‘घटनाबाट सिंगो बौद्ध धर्मालम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छन् ।’

भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्