Sunday, August 7

हवाई दुर्घटनामा परेका मृ’तकका परिवारले कति पाउँछन् त बीमा वापतको रकम ?

June 1, 2022 585

आइतबार तारा एअरको विमान मुस्ताङको थासाङमा दुर्घ टना हुँदा २२ जनाको ज्यान गयो । दुर्घटनामा १९ जना यात्रु र चालकदलका तीन सदस्यको ज्यान गएको छ । दुर्घटनामा मृ त्यु भएका सबैको शब काठमाडौं ल्याइएको छ र पोष्टमार्टम प्रक्रियामा छ । दुर्घटनाको छानबिन गर्न पर्यटन मन्त्रालयले ५ सदस्यीय छानबिन समितिसमेत बनाएको छ ।

तारा एअरको दुर्घटनाको कारण पत्ता लगाउनका लागि सरकारले वरिष्ठ एरोनोटिकल इञ्जिनियर रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र पर्यटन मन्त्रालयका वुद्धिसागर लामिछाने सदस्यसचिव रहने गरी समिति बनाएको छ ।

छानबिन समितिका सदस्यसचिव वुद्धिसागर लामिछानेका अनुसार समितिले आफ्नो काम सुरु गरिसकेको छ । समितिले दुर्घटनाको अवस्था, चालकदलको अवस्था, छावरसँग भएको कुराकानी, मौसमको अवस्था ब्ल्याक बक्समा भएको कुराकानी आदि सबै कुरा समेटेर दुर्घटनाको कारण र रोकथामका उपायसहित प्रतिवेदन बुझाउने छ ।

सदस्य सचिव लामिछानेका अनुसार समितिले छिटोभन्दा छिटो काम गर्नेछ र करिब ३ महिनामाभित्रै प्रतिवेदन दिने छ । उनले भने, ‘यस्ता साना आन्तरिक हवाई दुर्घटनामा करिब ३ महिना समय लाग्ने गरेको छ । हामी पनि तीन महिनाभित्रै प्रतिवेदन दिने गरी काम गर्नेछौँ । तर विदेशबाट समेत विशेषज्ञ झिकाएर अनुसन्धान गर्नु परेमा थप समय लाग्न सक्छ । नत्र हामी तीन महिनाभित्रै प्रतिवेदन दिने गरी काम गर्नेछौँ ।’

प्रत्येक मृ तकका परिवारलाई २० हजार अमेरिकी डलर बीमा रकम

आन्तरिक हवाई दुर्घटनामा मृ त्यु भएका प्रत्येक मृतकका परिवारले प्रतिमृत क २० हजार अमेरिकी डलर पाउने कानुनी व्यवस्था रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देव चन्द्र लाल कर्णका अनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने प्रत्येक नागरिकका परिवारले प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने छन् । आजको मितिमा एक अमेरिकन डलरको सटही दर १२४ रुपैया रहेको कारण प्रतिमृतक उनका परिवारले करिब २५ लाख रुपैयाँ पाउनेछन् । यो रकम विमान कम्पनीले आफ्ना यात्रुका लागि गरेको बीमावापत बीमा कम्पनीले भुक्तानी गर्नेछन् ।

यद्यपि यो रकम ज्यादै कम भएको भन्दै यसलाई संशोधन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छुट्टै कानुन बनाउन लागिरहेको मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछानेले बताए । नेपालमा व्यवसायिक हवाई उडान सुरु भएदेखि नै यात्रुको बीमा रकम २० हजार अमेरिकी डलर थियो । नेपालमा व्यवसायिक उडान सुरु भएको ५५ वर्षदेखि नै आन्तरिक उडानमा हुने दुर्घटनाको बीमाशुल्क २० हजार अमेरिकी डलरबाट बढ्न सकेको छैन । यद्यपि अहिले अन्तर्राष्ट्रिय उडानका लागि प्रति यात्रु १ लाख डलरभन्दा बढीको बीमा हुने गरेको सहसचिव लामिछानेले बताए । अहिले नागरिक उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (मोन्ट्रियल महासन्धि)को आधारमा बीमा रकम १ लाख डलरभन्दा बढी रहेको लामिछानेले बताए ।

सन् २०१८ सम्म नेपालका वायुसेवामा यात्रारत यात्रुको दुर्घटनाका कारण मृ त्यु भएमा वार्सा महासन्धि र हेग प्रोटोकलअनुसार २० हजार अमेरिकी डलर मात्रै दिने गरिएको थियो । नेपालले मोन्ट्रियल महासन्धिमा हस्ताक्षर गरेसँगै हाल अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुका लागि करिब १ करोड ३० लाख बराबरको बीमा हुने गरेको छ ।-धनकुटाखबर।

प्रतिकृया दिनुहोस्