बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेको छ । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।
शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए । उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यले पलका म्यानेजर कृष्ण जोशीलाई पनि जिल्ला अदालतकै फैसला अनुसार कार्यान्वयन गराउन उच्च अदालतले फैसला गरेको बताए । जोशी एक लाख धरौटीमा छुटेका थिए ।
राती १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरुसँग खाई बाँकी रहको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई निज प्रतिवादीले स्विकार गरेको पाइयो,’ तनहुँ जिल्ला अदालतले जारी गरेको थुनछेक आदेशमा भनिएको छ, ‘एक्लै सुतेकी बालिकाको कोठामा राती १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै आचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन, यसरी राती पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्विकारोक्तीको सोही राती निजले पीडितलाई जबरजस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो ।’
पीडित गायिका र उनका परिवारले पछिल्लो समय अदालतमा बकपत्र गर्दा बयान फेरेका थिए । बयान फेरेपनि अदालतले अभियुक्त पललाई रिहा गर्न अस्विकार गरेको छ ।
तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए ।
प्रतिकृया दिनुहोस्