Saturday, July 2

सप्तकोशी नदीमा हाम फालेका व्यक्तिको सशस्त्र प्रहरीबाट उद्धार

June 2, 2022 96

१९ जेठ, सप्तरी । सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेका छन् ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी ७ बजेर १५ मिनेटतिर हाम फालेका व्यक्तिको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।

उनका अनुसार झापाको कमल गाउँपालिका-५ निवासी ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट नदीमा हाम फालेका थिए । उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीको सहयोगमा उद्धार गरेको हो ।

उद्धार गरी लिम्बुलाई सम्झाइ बुझाइ घर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।निर्वाचन आयोगले गठन गरेको छानबिन समितिले बाजुराको बुढीगंगा नगरपालिकाको मतदानमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले हस्तक्षेप गरेर निर्वाचन बिथोल्न खोजेको निष्कर्ष निकालेको छ ।

निर्वाचन आयुक्त सगुनशमशेर जबराले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा महान्यायाधिवक्ता खातीले निर्वाचनमा खटिएका अधिकारीलाई बारम्बार फोन गरी दबाव दिएको र निष्पक्ष निर्वाचनलाई प्रभावित पार्न खोजेको उल्लेख छ ।

प्रतिकृया दिनुहोस्