Saturday, October 1

फोहोर व्य’ वस्थापन विषयमा मेयर बालेन र सिसडोलबासी बीच चर्का-चर्की (भिडियो सहित)

June 3, 2022 276

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर विसर्ज`न गर्ने नुवाकोटको सिसडोल`लाई एक हप्ताभित्र दु`र्गन्धमुक्त बनाउने आश्वास`न दिएका छन्।

उपमेयर सुनिता डंगोल`सहित शुक्रबार बिहान काठ`माडौंको फोहोर विस`र्जन गर्ने सिस`डोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेप`छि मेयर शाहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्ग`न्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन्।

त्यसका लागि आफूले विज्ञसँग आव`श्यक छलफल गरेको उनले बताए।मेयर शाहले ३ महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरू गरेर त्य`हाँको फोहोर व्य`वस्थापन गर्ने प्रति`वद्धता समेत व्यक्त गरे।

‘एक हप्तामा गन्ध नआउने गरी केमिक`लको व्यवस्था गरिन्छ। मल र ग्यास पनि बनाइन्छ। त्यसका लागि ३ महिना लाग्छ। केमिकल हालिसके`पछि एक हप्ता`भित्र गन्ध हटाइन्छ’, उनले भने, ‘बन्चरेडाँडाको पनि सबै रिपोर्ट हेरियो। सड्ने र नसड्ने फोहोर छुट्टया`उने। त्यसबाट मल र ग्यास निकाल्ने हो। सड्ने र नसड्ने फोहोर छुट्टयाउन काठमाडौं महानगर`पालिकाले घर-घरमा जनचे`तना फैल्याउने काम गर्नेछ।’

मेयर शाहले फोहोर व्यवस्थापन`का लागि सड्ने र नसड्ने फोहोर छुट्टयाउनु`पर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठ`माडौंबासीको घरघरमा जनचेतना`मूलक कार्यक्रम सञ्चा`लन गर्ने योजना पनि सार्वजनिक गरे।

त्यस अवसरमा उनले तत्काल`का लागि भने काठ`माडौंमा थुप्रिएको फोहोर व्यवस्था`पनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे। स्थानीयको सबै समस्या समा`धान हुने र फोहोर विस`र्जन गर्न अवरोध गर्न नहुने उनको भनाइ थियो।

मेयर शाहले आफ्नो पहिलो प्राथमिकता काठ`माडौंको फोहोरबाट सिर्जित समस्या समा`धान गर्नु रहेको पनि पटक/पटक दोहोर्‍याए।यता, स्थानीयले भने आफू`हरूको माग सम्बोधन नगरेसम्म काठ`माडौंको फोहोर विसर्जन गर्न दिन नसकिने अडान राखेका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस ..

प्रतिकृया दिनुहोस्