Saturday, July 2

धरानका मेयर हर्क साम्पाङ जब साइकल लिएर निस्किए (भिडियो सहित)

June 5, 2022 150

विश्व वातावरण दिवसको अवसर पारेर सुन सरीको धरानमा साइकल र्यालीमा आयो`जना गरिएको छ ।धरान उप`महानग रको वातावरण शाखाद्वारा आयोजित र्याली`मा मेयर हर्कराज साम्पाङ्ग र उपमेयर अइन्द्रविक्रम बेघा लगाय`तको उपस्थिति रहेको थियो ।

धरानका साइक्लिष्ट`हरुसँगै मेयर, उपमेयर सहित`को टोली पनि साइकलमा सवार रहेको थियो । भानु`चौकबाट सुरु भएको साइकल ¥याली भो टेपुल, धनकुटे रोड हुँदै बुद्ध चोक`बाट सुन्दरबजार पुगेर रत्नचौक, न्युरोड कल्याण चौक, दुर्गा चोक हुँदै भानुचौकमै आएर सम्पन्न भएको थियो ।

यसैगरी वाताव`रण दिवसकै मौकामा विभिन्न संघसँस्था$हरुको सहभागितामा भानुचोक’देखि तीनकुने`सम्म कोशी राजमार्ग सडक किनार सरसफाइ कार्यक्रम पनि भएको थियो ।

साइकल र्याली सुरु हुनु`पूर्व मेयर साम्पाङ्गले धरानलाई सफा शहर बनाउनमा लागिपर्न धरान`वासीलाई आग्रह गरे । ‘विगत धेरै लामो समयदेखि लागेको खराब बानी`लाई सुधार्नुपर्ने आवश्यकता छ ।’ मेयर साम्पाङ्गले भने ।

उनले डस्टबिन छेउमै हुँदा पनि त्यस’को सदुपयोग नगरी फोहोर बाहिर फाल्ने बानीलाई सुधार गर्न आ’वश्यक रहेको बताउँदै सबैलाई डस्टबिन प्रयोग गर्न आग्रह गरेका थिए । धरानलाई ‘क्लिनेस्ट सिटि’ बनाउने आफ्नो सपना रहेको बताउँदै मेयर साम्पाङले त्यस’लाई साकार बनाउन सबै धराने जनताको सह’योगको खाँचो रहेको समेत बताए ।

जथाभावी फोहोर नफालौ भनेर अहिले चेतनाको लागि भनि’रहे पनि नटेर्ने अवस्था आए जरि’वाना लगाउनेमा धरान उप’महानगरले योजना ल्याउने मेयर साम्पाङ्गले बताए ।‘हामी अहिले चेतनाको लागि भनि’रहेका छौँ, पछि जरि’वाना पनि लगाउनु’पर्छ होला । धरानलाई सफा राख्ने अभियानमा सबैले साथ दिनुहुन्छ भन्ने आशा छ । ’ मेयर साम्पाङ भन्छन् ।

वडागत रुपमा जुन वडा सबै’भन्दा सफा छ त्यस’लाई पुरस्कारको व्यवस्था गर्ने योजना’समेत उप’महानगरपालिकाको रहेको मेयर साम्पाङले सुनाएका थिए । ‘जुन वडा बढी सफा छ, त्यो वडालाई पुरस्कृत गर्ने योजना पनि हामी ल्याउँछौँ ।’ मेयर साम्पाङले सुनाए । – प्रदेश पोर्टल

प्रतिकृया दिनुहोस्