Saturday, July 2

वडाध्यक्ष रिजाल महानगरले नसकेको भन्दै आफै फोहोर उठाउन निस्के स’ डकमा

June 6, 2022 125

काठमाडौं महानगरपालिकाका चर्चित वडाध्यक्ष मुकुन्द रिजालले महानगरले नसकेको भन्दै फोहोर उठाउन सडकमा निस्केका छन् । उनले आफ्नो १६ नम्बर वडा अन्तरगतको सोह्रखुट्टेबाट सुरु गरेर कालधारा र शाशा गेटमा रहेको फोहोरलाई अल्पकालीन रुपमा भएपनि व्यबस्थापन गर्न लागेका हुन् ।

आज सडकमा थुप्रिएको फोहोर गाडीमा उठाइरहेको तस्बिर पोस्ट गरेका उनले आफूलाई सहयोग गर्ने काठमाडौं महानगरका वातावरण विभाग र सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै सल्लाह र सुझावको अपेक्षा समेत राखेका छन् ।

महानगरपालिकाले यतिका दिनसम्म पनि फोहोर उठाउन नसकेपछि बाध्य भएर वडाले नै पहल गर्नु परेको उनका सहयोगी किरण भट्टराईले बताए ।

गाडी गुडाउनसमेत गाह्रो भएपछि यस्तो उपाए निकालेको उनले बताए । उठाइएको फोहोर वडाभित्रैका खाली ठाउँमा थुपारिने भट्टराईले बताए । महानगरको बैठकमा मेयर बालेन्द्रलाई चुनौती दिएर चर्चामा आएको वडाध्यक्ष रिजाल महानगरले नसकेको भन्दै आफै ‘एक्सन’ मा उत्रेका हुन् ।वनिर्वाचित मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल अहोरात्र खटिए पनि समाधान निकाल्न सकेका छैनन् ।

प्रतिकृया दिनुहोस्