Saturday, October 1

मान्छे खान पल्केको बाघ, बाटोमा हिड्दा हिड्दै उमादेवीलाई जब बाघले खायो….( हेर्नुहोस भिडियो सहित )

June 8, 2022 200

चितवनमा बाघको आ”क्रमणबाट एक जना महिलाको मृ”त्यु भएको छ । पश्चिम चितवनमा आज मंगलबार दिउँसो चार बजे बाघको आ”क्रमणबाट एक जनाको मृ”त्यु भएको हो ।

मृ”त्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका-२३ घौलाघारी बस्ने ५५ वर्षीया मंगली बोटे रहेको जिल्ला प्र”हरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आ”क्रमण गरेको हो ।

बाघको आ”क्रमणमा परी मृत्यु भएकी महिलाको श”व भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आ”क्रमणबाट १४ जनाले ज्यान गु”माएका छन् ।

यसअघि चितवनमा चालू आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा बाघको आ”क्रमणबाट १३ जनाको मृ”त्यु भएको थियो ।

चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आ”क्रमणबाट मानवीय क्षति भएको छ ।

पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

चार दिनदेखि हराएकी ७ वर्षीय बालिकाको शव मकैबारीमा फेला

सुर्खेत / चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको शव मकै बारीमा फेला परेको हो ।

नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी विक सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार बालिकाको शव विकको घरदेखि एकसय मिटरको दुरीमा मंगलबार बिहान फेला परेको हो ।

आफन्तले शुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरेपनि खोज्दै जाँदा नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खबर गरेको गुर्भाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर पुनले बताए ।

घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ । बालिकाको मृत्युको कारण नखुलेपनि घटनामा संलग्न भएको आशंका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।-पुर्वेलीन्युजबाट।

प्रतिकृया दिनुहोस्