Sunday, August 7

टाँडीमा बिहेको जन्ती बस दु’ र्घटना ..

June 8, 2022 161

चितवन । रत्ननगर नगरपालिकाको टाँडीमा जन्ती बस दुर्घटना भएको छ । निपनीस्थित हरिहर मन्दिरबाट दुलही लिएर बडगाउँ जाँदै गरेको ना ५ ख ६४३ नम्बरको बस रत्ननगर नारापालिकास्थित लौरिघोलमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको हो।

उक्त दुर्घ टनामा बसमा सवार चालक सहित २६ जना यात्रु मध्ये १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।दुर्घटनामा परि एक बालक हराइरहको आशंकाले र खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यलय टाँडीले बताएको छ ।केदार शर्मा,news24

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित
जनकपुर, २५ जेठ (रासस) :मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि सर्वसम्मतबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको हो ।

बैठकमा प्रदेशसभा सदस्यबाट उठेका विषयवस्तुलाई आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत सम्बोधन गरिने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री राउतले नीति तथा कार्यक्रम पारित गर्न आग्रह गर्नुभयो ।

त्यसपछि नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गराउनुभएका प्रदेशसभा सदस्य बच्चाराम अहिर, परमेश्वर साह, दिलीपकुमार साह, सुन्दरबहादुर विश्वकर्मा र बाबुलाल साह (कानु) ले आआफ्ना संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो । त्यसलगत्तै सभामुख सरोजकुमार यादवले सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमलाई निर्णायक प्रस्तुत गर्नुहुँदै सर्वसम्मतबाट पारित भएको घोषणा गर्नुभयो ।

प्रतिकृया दिनुहोस्