Saturday, July 2

पत्रकार रवि लामिछाने संसदीय चुनाव लड्ने,उनले छाने चर्चित निर्वाचन क्षेत्र पनि..

June 9, 2022 222

काठमाडौं – चर्चित संचारकर्मी रवि लामिछाने पनि संसदीय निर्वाचन लड्ने भएका छन् । यस पटकको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारहरुले शान्दार जित निकाले पछि लामिछाने पनि हौसियर संघिय संसदको निर्वाचन लड्न लागेको हुन् ।

उनले चर्चित नेता तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निर्वाचन क्षेत्र रोजेका छन् । प्रतिनिधिसभा निर्वाचन, काठमाडौँ क्षेत्र नम्बर ४ बाट उनी चुनाव लड्न लागेको ग्यालेग्सी टेलिभिजन श्रोतले जनाएको छ ।

लामिछाने निकट स्रोतका अनुसार उनले संसदीय चुनावमा स्वतन्त्रबाट भिड्ने तयारी गर्दै भित्रभित्रै च्यानल तयार पारिसकेका छन् । टेलिभिजन कार्यक्रममार्फत राजनीतिक, आर्थिक, सामाजिक क्षेत्र विकृति विसंगतिलाई जनसमक्ष ल्याउँदै आएका र स्वदेश र विदेशमा समस्यामा परेकाहरुलाई सोही कार्यक्रममार्फत सहयोग गर्दै आएका उनले अब राजनीतिमा लागेर देश बनाउने सोच बनाएको उनकै एक सहयोगीले बताए ।

उनले आफूले हाल सञ्चालन गर्दै आएको ग्यालेक्सी टेलिभिजनमा रहेको आफ्नो स्वामित्व बिक्री गर्ने र स्वतन्त्ररुपमा चुनाव उठ्ने तयारीमा छन् ।

काठमाडौं महानगरमा स्वतन्त्रबाट बालेन साहले शानदार जित हासिल गरेपछि सञ्चारकर्मी लामिछानेलाई पनि राजनीति आउन देशभरविदेशबाट दबाब आइरहेको छ ।

सञ्चारकर्मी लामिछानेले यसअघि पनि ‘द लिडर यो राष्ट्रको सेवक’ लगायत कार्यक्रमबाट पनि राजनीतिमा आउने प्रयास गरेका थिए तर त्यो कार्यक्रम विविध कारणले प्रशारण हुन सकेन ।-मोटिभेसनन्युजबाट।

प्रतिकृया दिनुहोस्