Sunday, August 7

काठमाडौंमा कोठा भाडामा लिएर बसिरहेका विद्यार्थीलाई खुसीको खबर!

June 9, 2022 184

काठमाडौंमा कोठा भाडामा लिएर बसिरहेका सीमित समुदायका विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो वितरण गरिने भएको छ ।

आदिबासी, दलित, जनजाति र लोपोन्मुख समुदायका विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो ( इन्डक्सन) बाँड्नका लागि भन्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आवेदन माग गरेको छ ।

केन्द्रका अनुसार सरकारी र सामुदायिक शिक्षण संस्थामा विश्वविद्यालय तहमा अध्ययनरत ती समुदायका विद्यार्थीले असार ९ गतेभित्र निवेदन दिन सक्नेछन् । यस्तो सुविधा लिन विद्यार्थीले आवेदनका साथमा नागरिकता प्रमाणपत्रको प्रतिलिपी र शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र तथा सिफारिस पत्र बुझाउनुपर्नेछ छ ।

आदिबासी, जनजाति, दलित र लोपोन्मुख समुदायको परिचय खुल्ने गरी सम्बन्धित स्थानीय तहको सिफारिस पनि माग गरिएको छ । यस अघि पनि केन्द्रले अति दुर्गम र दुर्गम ठाउँबाट काठमाडौंमा आएर अध्ययन गरिरहेका विद्यार्थीका लागि नि:शुल्क विद्युतीय चुलो बाँड्ने भन्दै निवेदन मागेको थियो । त्यसका लागि करिब १० हजार आवेदन परेका थिए ।

तर त्यो बेला निवेदन दिएका विद्यार्थीलाई केन्द्रले हालसम्म चुलो बाँडेको छैन । यद्यपि अघिल्लोपटक निवेदन दिएका विद्यार्थीले फेरि निवेदन दिन नपाउने केन्द्रले जनाएको छ । बिजुलीको आन्तरिक खपत बढाउन र खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने सरकारको उद्देश्यलाई सहयोग पुग्नेगरी केन्द्रले यस्तो कार्यक्रम ल्याएको जनाएको छ ।

काठमाडौं – सहरी विकास मन्त्रालय, काठमाडौँ ममहानगरपालिका, ललितपुर महानगरपालिका, ककनी गाउँपालिका र धुनीवेसी नगरपालिकाबीच फोहोर फाल्न विषयमा सहमति भएको भएपनि स्थानीयको अवरोध पछि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ ।

यो पनि.. काठमाडौँको फोहोर उठ्ने झिनो आशा पलाएको भएपछि स्थानीयको अवरोध पछि त्यो आशा निराशामा परिणत भएको छ । काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) यसका लागि नयाँ विकल्प खोजेका छन् । उनले जापानको हिटा समूहलाई भेटेर नयाँ विकल्प खोजेका हुन् ।

यो समूहले प्लाष्टिकजन्य फोहोर ब्याबस्थापको अत्याधुनिक प्रबिधी नेपाल भित्राएको छ । उच्चतापक्रममा प्लास्टिक जन्य फोहोर जलाएर नस्ट गर्ने यो प्रबिधी काठमाडौ उपत्यकाको फोहोर ब्यबस्थापनमा समेत उपयुक्त हुने दाबि छ ।

अहिले यो प्रबिधी काठमाडौका ३ बटा होटलहरू काठमाडौं गेस्ट हाउस ठमेल, माया मनोर बुटिक होटल हात्तीसार र पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठले प्रयोगमा ल्याईसकेका छन् ।

यो प्रविधिबाट फोहोर व्यवस्थापन गर्दा धुंवा समेत नआउने प्रदूषण समेत नहुने भएकाले काठमांडौंको फोहोर व्यवस्थापनमा यो महत्वपूर्ण हुन सक्ने यसका नेपाल सप्लायर्सका ओनर तेन्जिग सिमिजुको दाबि छ ।

यो प्रबिधीबाट पानी र हल्का पिय पदार्थका बोतल, कागज, दुध, तेल, खानाको र्यापर, सेम्पु, साबुनको खोलका साथै अन्य प्लास्टिक फोहोरलाई खरानीमा परिणत गर्न सकिन्छ ।

हिटा समुहले फोहोर ब्यबस्थापनको यो प्रबिधी प्रयोगका विषयमा काठमाडौ महानगरपालिकका प्रमुख शाह र उप प्रमुख सुनिता डंगोलले छलफल गरेका छन् । यो प्रविधि प्रयोगपछि नकुहीने फोहोरको व्यवस्थापन हुने छ भने कुहिने फोहोरलाई मल बनाएर प्रयोग गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्