Sunday, August 7

आमा पनि यती पापिनी: १५ वर्षीय किशोरी आमाले सुतिरहेकी छोरीलाई सेफ्टी ट्या’ ङ्कीमा फालिदिन् (भिडियो सहित)

June 10, 2022 181

दाङमा एक किशोरीले आफ्नै १६ महिनाकी छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेर ह”त्या गरेको खुलेको छ । राप्ती गाउँपालिका– ३ मसुरियाकी एक १५ वर्षीया किशोरीले १६ महिनाकी छोरीलाई सेप्टिक ट्यांकीमा फालेको र शिशुको मृत्यु भएको जिल्ला प्र”हरी कार्यालय दाङका प्र”हरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्ले बताउनुभयो ।

प्रहरीले किशोरीलाई प”क्राउ गरेको छ । प्रहरीका अनुसार बुधबार बिहान ४ बजेतिर किशोरीले आफू शौ”चालय गएका बेला सँगै सुतेकी छोरी हराएको भनी परिवारका सदस्यलाई बताएकी थिइन् ।

त्यसपछि उनको घरमा पुगेको इलाका प्र”हरी कार्यालय भालुवाङको टोलीले सोधपुछ गर्दा आफूले सेप्टिक ट्याङ्कीमा खसालेको स्वीकार गरेको एसपी काफ्लेले बताउनुभयो ।

पहिले आफू शौचलाय गएको बेला छोरी हराएको भनेकी थिइन्’ प्रहरी एसपी काफ्ले भन्नुभयो, ‘घ”टनाबारे बुझ्दै जादा किशोरी आफैंले नै सेप्टिक ट्यांकीमा फालेको कुरा स्वीकारेकी छन् । प्रहरीका अनुसार किशोरीले आफ्नो दूध नआएको र छोरी रोइरहेपछि सेप्टिक ट्याङ्कीमा हालेको बताएकी छन् ।

शिशुको शव पो”ष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घ”टनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

पुरा जानकारी को लागि भिडियो हेरेर थाह पाउनुहोस।

यो पनि…भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई जिउँदै जलाइएको छ। घटना भएकाे थाहा पाएपछि भीडले मोटरसाइकलसहित ती युवाहरूलाई जिउँदै जलाएका हुन्।

जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्। घटना जिल्ला सदरमुकामबाट करिब १५ किलोमिटर टाढा सदर प्रहरी चौकी क्षेत्रको बसुहा पञ्चायतको एउटा गाउँको हो।

मृत्यु हुनेमा सुनिल उराँव छन्। आशिष उराँवको अवस्था भने गम्भीर रहेको छ। उनको अस्पतालमा उपचार भइरहेको छ। घटनापछि सो क्षेत्रमा तनाव बढेको छ। गाउँमा प्रहरीहरु बाक्लो रुपमा परिचालन गरिएको भाचरतीय सन्चार माध्यमहरुले जनाएका छन्। प्रहरीले बिहीबार बिहान पनि धेरैलाई सोधपुछ गरेको थियो।

स्थानीयवासीका अनुसार नाबालिका आमा बुवासँग लोहरदगाको भण्डारामा गएकी थिइन्। फर्कनका लागि आमाबुवा छोरीसँगै बस स्ट्यान्डमा उभिरहेका थिए। यसै क्रममा छिमेकी गाउँका साथीसहित ती युवा मोटरसाइकल लिएर आए। बाटोमा उभिनुको कारण परिवारलाई सोधे भने बालिकाका बुवाले बस कुरिरहेको बताए।

बालिकाका आमाबुबाले घर छिट्टै पुग्नु छ भनेपछि दुवै युवाले नाबालिग बालिकालाई मोटरसाइकलमा लिएर हिँडे। आमाबुवा साँझ अबेर घर पुग्दा पनि बालिका घरमा थिइनन्, त्यसपछि परिवारका सदस्यले बालिका खोज्न निस्किए। सो लगत्तै छिमेकी गाउँमा गम्भीर अवस्थामा बालिका फेला परिन्।

बालिकाले आफूलाई दुबै युवकले बलात्कार गरेको परिवारका सदस्यहरुलाई बताइन्। त्यसपछि परिवारका सदस्य दुवै युवकलाई खोज्न निस्किए। छिमेकी गाउँमा दुवै युवकलाई मोटरसाइकलसहित फेला पारे। त्यसपछि गाउँका महिला र पुरुष दुवै युवकलाई सोधपुछ गर्न पीडित बालिकाको गाउँ पुगे। बालिकाले युवकहरुसामु पूरा घटनाक्रम सुनाइन्।

बालिकाको बयानपछि गाउँलेहरूले दुवै युवकहरुलाई कुटपिट गरे र मोटरसाइकलसहित दुवैको शरीरमा मट्टीतेल छर्केर आगो लगाइ दिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। दुवै युवालाई अस्पताल लगिएको छ। जसमा उपचारका क्रममा एक युवकको मृत्यु भएको छ। घटनापछि उक्त क्षेत्रमा तनावग्रस्त भएको छ।बाक्लो रुपमा प्रहरी गाउँमा परिचालन गरिएको छ।

प्रतिकृया दिनुहोस्