Saturday, July 2

एकबिहानै भूकम्प, हल्लायो उपत्यकासहित आसपासका जिल्ला

June 11, 2022 148

काठमाडौं । शनिबार बिहानै भक्तपुरको चागुनारायण केन्द्रबिन्दू भएर भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार शनिवार बिहान २ बजेर ३६ मिनेट जाँदा उक्त भूकम्प गएको हो ।

उक्त भूकम्प ४.७ रेक्टरस्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो ।

प्रत्यक्ष महसुस हुनेगरी काठमाडौं उपत्यकामा लामो समयपछि भूकम्प आएको मापन केन्द्रले जनाएको छ ।

शनिबार बिहानको भूकम्पसँगै मानिसहरु घर बाहिर निस्केका थिए। कतिपय निदाएका मानिसहरुसमेत उठेका थिए ।

यो पनि… चितवनको राप्तीमा गाँउमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ । राप्ती नगरपालिका वडा नम्बर १ महादेवटारबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।आज बिहान बाघले राप्ती १ डिपार्टमा बाघले एकजनालाई आक्रमण गरेर घाइते बनाएको थियो भने ३ वटा पशुचौपाया मारेको थियो ।

त्यसपश्चात् निकुञ्ञको टोलीले बाघको खोजी गेरेर राप्ती १ माधवटारमा फेला पारेको थियो । पुर्वपश्चिम राजमार्गको करिब २ सय मिटर नजिकै आएर लुकेको बाघलाई प्राविधिक टोलीले डाट गरेर नियन्त्रणमा लिएको हो । आज नियन्त्रणमा लिएको बाघ यसअघि कुमरोजमा मान्छे खाएको बाघ भएको आशंका गरिएको छ ।

प्रतिकृया दिनुहोस्