Saturday, July 2

परिवारसँग झगडा गरेर तारमा गएका माइला विकलाई हेलिकोप्टरबाट उद्धार ( भिडियो )

June 11, 2022 239

काठमाडौँ — नुवाकोटको ककनी गाउँपालिकाको एक विद्युत पोलमा चढेका ४४ वर्षका माइला विक ६को घण्टापछि हेलिकप्टर मार्फत उद्धार गरिएको छ । मानसिक सन्तुलन ठिक नभएका माइला बिहान करिब ११ बजेतिर स्थानीयले विक बिजुलीको पोलमा चढेको जानकारी पाएका थिए ।

लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह् गरेकी थिइन् ।

उनले शनिबार दिउँसो हेलिकप्टरबाट भए पनि ती व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई भनेको बताएकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौं ।’

उनी प्रशारण लाइनमा चढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले सो प्रशारण लाइनमा विद्युत प्रवाह रोकेको छ । त्यसका लागि त्रिशुली थ्री ए र नजिकका अरु साना विद्युत गृहबाट उत्पादन बन्द गरेको  थियो।

प्रहरी र स्थानीय बासिन्दाले उनलाई बिहानैदेखी सकुसल तल झार्न अनेक प्रयास गर्दा पनि विकले मानेका थिएनन् । उनलाई बिशेष सावधानीका साथ हेलिकप्टर मार्फत तल झारीएको छ ।

विकको मानसिक सन्तुलन गुमेको छ । स्थानीयले बिहान ११ बजे बिजुलीको पोलमा चढेको देखेपछि खबर गरेका थिए । त्यसको केहीबेरपछि उनी तारमा झुन्डिएर यता र उता गरिरहेका थिए ।

उनी तारमा कुदिरकोभिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिकृया दिनुहोस्