Sunday, August 7

आमा र हजुरआमालाई टिक-टकमा स्व. किस्मीले यसरी नचाएकी थिइन(भिडियो सहित)

June 11, 2022 200

बुबाले घरबाट निकालेतापनि पछि एयर होस्टेस बनेकी किस्मी थापा आज संसारबाट बिदा भएकीछिन । सानैमा वाबुले दोस्रो बिबाह गरेपछि बाबुको मायाबाट पनि बन्चित भएकी किस्मी सानैदेखि आफ्नी आमासँग मामाघर बसेर हुर्केकीथिइन ।

आफ्नो मिहिनेत र आमा र मामाको साथसहयोगले एयर होस्टेस बनेकी किस्मीलाई खै कुन दैबको आँखा लाग्यो, केहि दिनअगाडीमात्र पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाईन्सको विमान दुर्घटनामा परेर २२ जनाको मृ’त्यु भएको थियो जसमध्य एकजना किस्मी थापा पनि पर्दछीन ।

उक्त द’र्दनाक घटनाले पुरै देशलाई नै शोकमा डुबाएको थियो । कठै किस्मीका परिवार त झन म’र्नु न बाँच्नु भएका थिए । लाउलाउ खाउखाउ भन्ने उमेरकी छोरी गुमाउँदा के बित्ला आखीर एक आमामा । उनले मर्नुभन्दा अगाडि आफ्नी आमा र हजुरआमासँग बनाएका टिकटकले कसको मन नछुला र ।

बाँकी हेर्नुस तलको भिडियोमा

यो पनि ।। काठमाडौँ — नुवाकोटको ककनी गाउँपालिकाको एक विद्युत पोलमा चढेका ४४ वर्षका माइला विक ६को घण्टापछि हेलिकप्टर मार्फत उद्धार गरिएको छ । मानसिक सन्तुलन ठिक नभएका माइला बिहान करिब ११ बजेतिर स्थानीयले विक बिजुलीको पोलमा चढेको जानकारी पाएका थिए ।

लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह् गरेकी थिइन् ।

उनले शनिबार दिउँसो हेलिकप्टरबाट भए पनि ती व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई भनेको बताएकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘विद्युत लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौं ।’

उनी प्रशारण लाइनमा चढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले सो प्रशारण लाइनमा विद्युत प्रवाह रोकेको छ । त्यसका लागि त्रिशुली थ्री ए र नजिकका अरु साना विद्युत गृहबाट उत्पादन बन्द गरेको  थियो।

प्रहरी र स्थानीय बासिन्दाले उनलाई बिहानैदेखी सकुसल तल झार्न अनेक प्रयास गर्दा पनि विकले मानेका थिएनन् । उनलाई बिशेष सावधानीका साथ हेलिकप्टर मार्फत तल झारीएको छ ।

विकको मानसिक सन्तुलन गुमेको छ । स्थानीयले बिहान ११ बजे बिजुलीको पोलमा चढेको देखेपछि खबर गरेका थिए । त्यसको केहीबेरपछि उनी तारमा झुन्डिएर यता र उता गरिरहेका थिए ।

उनी तारमा कुदिरकोभिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिकृया दिनुहोस्