Saturday, December 3

केहीदिन पहिले भेटेका बालेन र कुलमानको मिल्यो सहमति, काठमाडौं रा’जधानीजस्तो बल्ल देखिनेभयो

June 12, 2022 217

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेपाल विद्युत प्राधिकरण प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङबीच कुरा मिलेको छ । संघीय राजधानी कुरुप बनाएको र जोखिम बढाएको विद्युतका तारहरु अन्डरग्राउण्ड गर्ने बिषयमा कुरा मिलेको हो ।

प्राधिकरणले यो कामको योजना बनाइसकेका बेला महानगर प्रमुखले यो काम सकिसक्ने मिति नै तोकेका छन् । बालेनले अबको डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् । केही दिन अघि पनि कुलमान र बालेनबीचको भेटवार्तामा यस बिषयमा पनि गम्भीरताका साथ छलफल भएको छ ।

महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी दिए ।

उनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने बताए ।

सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने पनि महानगर प्रमुख शाहले बताए ।

यो पनि..काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुन्धारास्थित धराहरा क्षेत्रको अनुगमन गरेका छन्। शनिबार दिउँसो सुन्धारास्थित धरहरा र लुँहिटीको मेयर शाहले निरीक्षण गरेका हुन्।

महानगरपालिकाका मेयर शाहले सुन्धारामा सुनको धाराबाट पानी झार्ने घोषणा गरेका छन्। उनले त्यहाँस्थित सुनको धाराबाट पानी लानका लागि आवश्यक पर्ने सबै विषयको बारेमा जानकारी लिएका थिए।

उनले काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरेर पानी ल्याउनका लागि पहल गर्ने बताए। संभव भएसम्म महानगरपालिकाको बजेटभित्रै रहेर सुन्धारामा पानी ल्याउने व्यवस्था गर्न शाहले निर्देशन दिएका छन्।

‘सुरुमा पानी ल्याउने ब्यवस्था गरौं, अरु काम गर्न सजिलो छ,’ उनले निरीक्षणका क्रममा भने, ‘केयूकेएलमा भनेको मेसिन सोधेर टुँडिखेलबाट पानी ल्याउने व्यवस्था गरौं न त।’

मेयर शाहले पानी धरहरा र सेता टावरको आ–आफ्नै महत्व भएका कारणले दुवैको महत्व भएको बताए। ‘आफ्नो आमा बुबा अशक्त भए भन्दैमा आमा–बुबा भन्न छोड्नु भएननी त्यसैले धरहरा,धरहरा हो सेतो टावर, सेतो टावर नै हो,’ उनले भने।

शाहले यसबारे प्रधानसेनापति प्रभुराम शर्मासँगको भेटमा पनि आफ्नो छलफल भएको बताए। टुँडिखेलबाट पानी ल्याउने कुरामा प्रधानसेनापतिसमेत सकारात्मक भएको भन्दै कुनै अवरोध नहुने शाहको भनाइ छ।

त्यस्तै मेयर शाहले क्षेत्रपार्टी निःशुल्क चिकित्सालयको अनुगमन गरेका छन्। शनिबार बिहान अनुगमनमा गएका शाहले स्वास्थ्य र शिक्षा व्यापारका रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन्।

२०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नव निर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका छन्।

मेयर बालेन्द्र शाहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तरक्रिया समेत गरे। अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तरक्रियापछि उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुशी व्यक्त गरेका छन्।

उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिएका छन् ।

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचार विहिन अवस्थामा फर्कनु नपरेको बताउँदै हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्य र शिक्षा व्यापारको रूपमा नभई सेवाको रूपमा जनताको घरदैलोमा पुग्नुपर्ने धारणा व्यक्त गरेका छन्।

क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार बिहान निरीक्षण गर्दै उनले सो कुरा बताएका हुन्। २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा अनुगमन समेत गरेका छन्।

मेयर बालेन शाहले अस्पतालमा उपचार गराइरहेका बिरामीसँग अन्तर्क्रिया समेत गरे।

अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा बिरामीसँग अन्तर्क्रियापश्चात् उनले अस्पतालले आफूले सोचेको भन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुसी व्यक्त गरेका छन्।

उनले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रूपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिएका छन्।

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचारविहीन अवस्थामा फर्कनु नपरेको बताउँदै हुनेसँग न्यूनतम शुल्क लिएर नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले भने, ‘यहाँ देशैभरिका जोसुकै नेपाली नागरिक मसँग पैसा छैन भनेर आउँछन् भने निःशुल्क उपचार सेवा पाउँछन्।’

काठमाडौं महानगरका मेयर शाहले समुदायबाट चलेको अस्पताललाई महानगरले के गर्न सक्छ? सहकार्य कसरी हुनसक्छ? वार्षिक रूपमा सहयोग गर्ने वा के भन्ने विषयमा छलफल भइरहेको बताए।

मेयर शाहले शिक्षा र स्वास्थ्य भनेको प्राथमिक एजेण्डा भएकोले सेवा नै हुनुपर्छ र व्यापार हुनु हुँदैन भन्ने सोचले अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

स्वास्थ्य र सरसफाइमा महानगरले उच्च चासो दिएको बताउँदै यसको लागि नयाँ-नयाँ योजना तथा सल्लाह सुझाव लिएर आउनेसँग सहकार्य गरिने बताए।

प्रतिकृया दिनुहोस्