Saturday, December 3

युक्रे’ नको अन्न चोरेर अन्य देशलाई बेच्दै रुस ! यसरी बाहिरियो रूसको कर्तुत

June 13, 2022 250

काठमाडौं। रुस र युक्रेनबीच लगभग तीन महिनायता यु द्ध जारी छ। यस क्रममा रुसले युक्रेनको अन्न चोरेर अन्य देशलाई बेचिरहेको आरोप लागेको छ।दक्षिण युक्रेनका विभिन्न क्षेत्रका भूभाग रुसको कब्जामा पुगेको छ। सो क्षेत्रका अन्नहरु रुसले अन्य देशलाई पठाइरहेको आरोप लागेको हो।

यसअघि पनि युक्रेनले आफ्नो देशको ६ लाख टन अन्न रुसले चोरेर अन्य देशलाई बेचेको आरोप लगाएको थियो। तर रुसले भने आफूले यक्रुेनको अन्न चोरेको विषय स्वीकार्दैन।

रुसले युक्रेनमा आ क्रमण गर्न अगाडि युक्रेनका लाखौं टन अन्नहरु अफ्रिका र मध्ये–पूर्वी क्षेत्रमा निर्यात हुन्थे। तर यु द्धपछि युक्रेनका अन्न बाहिर जान पाएका छैनन्। रुसी नौसेनाले युक्रेनलाई ब्ल्याक सी व्यापारको लागि प्रयोग गर्न दिएको छैन।

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिकाको यो आरोप छ कि रुसले युक्रेनका अन्नहरु आफ्नो कब्जामा लिएर अन्य देशलाई बेचिरहेको छ। खबरअनुसार युक्रेनबाट चोरीएको गहुँ अफ्रिकामा बेचिएको छ।

गत मे महिनामा अमेरिकाले १४ देशलाई अलर्ट जारी गर्दै रुसी कार्गो जहाजले युक्रेनी अन्नहरु अफ्रिकामा पानीजहाज मार्फत् लगेको बताएको थियो।

युक्रेनले पनि गतहप्ता क्राइमियाबाट रुसले अन्नहरु चोरेर टर्की लगायतका देशलाई बेचेको बताएको थियो। अन्न चोरीको विषयमा आफूले रुसमाथि आपराधिक मुद्दा दर्ता गर्ने पनि युक्रेनले बताएको छ।

रुसले युक्रेनमा आ क्रमण गरेयता विश्वभर अन्न, तेल तथा ग्यासको अभाव महसुस भएको छ। झन् रुसले युक्रेनी अन्न कब्जा गर्दा त्यहाँ भोकमरी निम्तनसक्ने चेतावनी दिइएको छ। बीबीसी

प्रतिकृया दिनुहोस्