Saturday, July 2

बालेनलाई सि’ ध्याउन खोजे, आफै सकिन्छन् : भीम उपाध्याय -हेर्नुहोस (भिडियो सहित कुराकानी)

June 13, 2022 87

बालेनलाई सि’ ध्याउन खोजे, आफै सकिन्छन् : भीम उपाध्याय -हेर्नुहोस भिडियो सहित कुराकानी तलको पोष्टको अन्तमा समाबेस गरिएको छ।

काठमाडौं – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र उपमेयर सुनिता डंगोलले निर्वाचित भएयता पहिलोपटक काठमाडौं उपत्यका छाडेर केही टाढा पुगेका छन् । महानगरमा मेयर उपमेयरको जिम्मेवारी सम्हालेपछि राम्रा निर्णय र ती निर्णयको कार्यन्वयनतर्फ ध्यान दिएर चर्चामा रहेका उनीहरुको हेटौडा पनि वाहीवाही भएको छ ।

वागमती प्रदेश सरकारले स्थानीय चुनावमा निर्वाचित जनप्रतिनिधिका लागि राखेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन नगरप्रमुख बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल हेटौडा पुगेका हुन् । यसअघि जनप्रतिनिधीहरु अभिमुखीकरण अथवा अरु कुनै कार्यक्रममा लागि उपत्यका बाहिरि जाँदा नेताहरुसँगको भेटघाटमा दिनभरीको समय बिताइदिन्थे तर बालेन र सुनिताले त्यसलाई ब्रेक गरेर प्रशंसा पाइरहेका छन् ।

हेटौडा आएकै मौका पारेर काठमाडौंका प्रमुख–उपप्रमुखले मानब सेवा आश्रमको अवलोकन गरेका छन् । समाजसेवी इसा गुरुङले मेयर बालेन र उपमेयर सुनिताले हेटौडा स्थित मानव सेवा आश्रमको अवलोकन र आश्रमका प्रतिनिधीको भेटपछि खुसी व्यक्त गर्दै बालेन र सुनिता काठमाडौं महानगरभित्र रहेका असहाराहरुको सहारा बन्ने विश्वास व्यक्त गरेकी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहजीकरणमा वागमती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हेटौंडामा नवनिर्वाचित जनप्रतिनिधिका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

आज र भोलि चल्ने कार्यक्रममा प्रदेशभरका महानगर, नगर, गाउँपालिकाका जनप्रतिनिधि सहभागी छन् । बालेन र सुनिता उक्त कार्यक्रममा आकर्षणको केन्द्र बनेका छन् । युवा उमेरमै संघीय राजधानी एवं देशकै ठूलो स्थानीय तहको नेतृत्वमा पुगेका उनीहरू कार्यक्रममा ‘सेलिब्रेटी’ जत्तिकै बनेका छन् ।

दुईजनाले अनौपचारिक छलफलमा स्थानीय विकास र पालिका सञ्चालनसम्बन्धी अनुभव र आइडिया आदानप्रदान समेत गरेका छन् ।सहभागीले तस्बिरका लागि अनुरोध गरेपछि बालेन्द्र र सुनितालाई भ्याइनभ्याइ छ ।

यस्तै काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन शाह र उप– प्रमुख सुनिता डंगोलले आज हेटौडा सामुदायिक आँखा अस्पतालको भ्रमण गर्नुभएको छ। नेपाल आँखा कार्यक्रमका कार्यकारी बोर्ड सदस्य तथा हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धीलाल श्रेष्ठले भ्रमणका क्रममा अस्पतालको गतिविधिबारे जानकारी गराउनुभएको थियो । उक्त अस्पताल तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको सामुदायिक आँखा अस्पताल हो ।

प्रतिकृया दिनुहोस्