Saturday, October 1

काठमाडौंका मेयर वालेनले गरे सबैमा यस्तो आ’ ग्रह

June 15, 2022 313

काठमाडौ । काठमाडौंका मेयर बालेन शाहले आउँदो निर्वाचनमा सहभागी हुन मतदाता नामावली दर्ता गर्न आग्रह गरेका छन्।

बालेनले फेसबुकमा स्टाटस राख्द‍ै देश परिवर्तनको सबैभन्दा मुख्य भूमिका मतदान भएको बताउँदै निर्वाचनमा सहभागी हुने अवसर नगुमाउन अनुरोध गरेका हुन्।

‘स्थानीय निर्वाचनमा उमेर पुगेर पनि मतदाता नामावलीमा नाम नभएर धेरैले निर्वाचनमा सहभागी हुने अवसर गुमाउनु भयो’ बालेनले भने ,‘यसपटक नगुमाउनुहोला।’

बालेनले असार १ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गएर नाम दर्ता गराउन र सच्याउन सक्ने समेत बताएका छन्।

यस्तै, उनले स्थायी ठेगानाभन्दा बाहिरी जिल्लाहरूमा भएकाहरूलाई त्यहाँको निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न र सच्याउन सक्ने बताए।

निर्वाचन आयोगले आगामी मंसिर महिनाको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ।

प्रतिकृया दिनुहोस्