Saturday, July 2

धरानका मेयर हर्क साम्पाङ इन्जिनियर लिएर खोला-खोलामा किन पुगे ? (भिडियो सबित)

June 16, 2022 60

आइतबार कार्यपालिका बैठकमा धरान उपमहानगरपालिकाको वडा नं ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईले सेरा खोलामा ढुंगा गिट्टी थुप्रिदै गएर जमिनको सतह बराबर भएकोले खोलालाई तत्काल बीचमा च्यानलिङ नगरे जग्गा र वस्ती कटानको उच्च जोखिममा भएको कुरा उठाएका थिए ।

उनको कुराको सुनुवाई गर्दै मेयर हर्कराज साम्पाङ र उपमेयर अइन्द्र बिक्रम बेघा भोलिपल्टै (सोमबार) बिहान ८ बजे स्थलगत अनुगमनमा आउने प्रतिवेद्धता जनाएका थिए । आफ्नो प्रतिवद्धता अनुसार नै आज बिहानै ८ बजे उनिहरु दुवै जना उपमहानगरपालिकाका ईञ्जिनियर सुरज श्रेष्ठ र योजना शाखाका किरण भुजेलसहित सेरा र सर्दु खोला पुगेका थिए ।

मेयर साम्पाङले खोलामा पुगेर स्थलगतरुपमा कटानको जोखिम क्षेत्र अनुगमन गरेका थिए भने स्थानीयको जग्गा र वस्ती जोगाउनेबारे इञ्जिनियर श्रेष्ठसँग तत्कालै राय पनि मागेका थिए । उनले स्थानीयबासीहरुको पनि समस्या र धारणा बुझेका थिए । वडाध्यक्ष भट्टराईसँगै स्थानीयले खोला धेरै चौडाई भएर बग्ने भएकोले ठेक्का नलगाए पनि बीचमा च्यानलिङ गरेर बगाउन सके क्षति नहुने धारणा राखेका थिए ।

वडाध्यक्षले च्यानलिङ गर्दा कटान रोकिने, च्यानलिङ गर्दा निस्किएको मिक्स गिट्टीलाई वडाको बाटोमा सदुपयोग पनि गर्न सकिने भएकोले बर्षा शुरु हुनुअघि नै काम गर्न मेयरलाई आग्रह गरेका थिए ।

मेयरले पनि स्थलगत अनुगमन पश्चात यो बिषयमा चाडै प्रक्रियागतरुपमा निर्णय गरेर काम अघि बढाउने प्रतिक्रिया दिए । साथै, मेयरलाई वडाअध्यक्ष र स्थानीयले जीर्ण सडकको अवलोकन पनि गराएर निर्माणको लागि बजेट विनियोजन गर्न आग्रह गरेका थिए ।

बाँकी पर्देशपोटले तयार पारेको तलको भिडियोमा..


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेलाई राजनीतिमा स्वागत गरेका छन् । उनले अवश्य पनि तपाइँ हामीले सोचेको भ्रष्टाचारमुक्त नेपाल हामी सबै मिलेर बनाउनु पर्छ भन्दै शुभकामना दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हार्दिक स्वागत छ आदरणीय दाजु राजनीतिकमा…अबश्य तपाईं हामिले सोचेको ,सुन्दर शान्त , भ्रष्टाचारमुक्त नेपाल। हाम्रै पालामा हामी सबै मिलेर बनाउनु छ।’

लामिछानेले राजनीतिमा प्रवेश गर्न ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका छन् । गायक शिव परियारले पनि चर्चित सञ्चारकर्मी रवि लामिछानेलाई शुभकामना दिएका छन् ।

काठमाडौं । बहुचर्चित सञ्चारकर्मी चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने आसन्न संसदीय चुनाव लड्ने भएका छन् । लामिछानेले काठमाडौंबाट चुनाव लड्न ग्यालेक्सी टीभी छाडेका हुन् ।

आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका स्रोतले बताएको छ । बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् । आमजनताको सरोकारका विषय उठाउँदै आएका उनको ‘सिधा कुरा’ नामक कार्यक्रम चर्चित छ ।

टेलिभिजन छाड्नुअघि सहकर्मीहरूसँगको मिटिङमा लामिछानेले राजनीतिमा लाग्ने बताएका छन् । आज बेलुका प्रशारण हुने सिधा कुरा आफ्नो अन्तिम कार्यक्रम हुने उनले बताएका थिए ।

’उहाँले आजको मीटिङमा टीभी छाड्ने र राजनीतिमा जाने कुरा गर्नुभएको छ, बाँकी भावनात्मक कुराहरू भए,’ ग्यालेक्सी टीभीका एक कर्मचारील भने, ’कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने कुरा भने केही बताउनुभएन ।’

उनले काठमाडौं– ५ वा २ बाट चुनाव लड्ने योजना बनाएको उनका सहयोगीहरूले बताएका छन् । काठमाडौं २ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काठमाडौं ५ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनाव जितेको क्षेत्र हो । अध्यक्ष नेपाल यसपटक रौतहटबाट चुनाव लड्ने सम्भावना भएपनि पोखरेल भने काठमाडौं ५ मै उम्मेदवारी दिने तयारीमा छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

यो पनि… काठमाडौंका मेयर बालेन शाहले आउँदो निर्वाचनमा सहभागी हुन मतदाता नामावली दर्ता गर्न आग्रह गरेका छन्।

बालेनले फेसबुकमा स्टाटस राख्द‍ै देश परिवर्तनको सबैभन्दा मुख्य भूमिका मतदान भएको बताउँदै निर्वाचनमा सहभागी हुने अवसर नगुमाउन अनुरोध गरेका हुन्।

‘स्थानीय निर्वाचनमा उमेर पुगेर पनि मतदाता नामावलीमा नाम नभएर धेरैले निर्वाचनमा सहभागी हुने अवसर गुमाउनु भयो’ बालेनले भने ,‘यसपटक नगुमाउनुहोला।’

बालेनले असार १ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गएर नाम दर्ता गराउन र सच्याउन सक्ने समेत बताएका छन्।

यस्तै, उनले स्थायी ठेगानाभन्दा बाहिरी जिल्लाहरूमा भएकाहरूलाई त्यहाँको निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न र सच्याउन सक्ने बताए।

निर्वाचन आयोगले आगामी मंसिर महिनाको पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ।

रविले भिडियो मार्फत सबैमा यस्तो आग्रह गरेका छन हेरौ भिडियो..

प्रतिकृया दिनुहोस्