Sunday, August 7

बालेन शाहको अर्को यस्तो निर्णयलाई पाय तारिफै तारिफ..

June 17, 2022 257

काठमाडौँ / काठमाडौं महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने भएका छन् । समयमै कार्यालयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने महानगरपालिकाले सूचना निकालेर चे’ता’वनी दिएको छ । यो समाचार सार्वजनिक भए सँगै सबैले यस्को तारिफ गरेका छन् ।

सबै विभाग र वडालाई पत्र पठाएर महानगरपालिकाले गएको चैतमा महानगरपालिकाको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी रेकर्ड हेर्दा हाजिर नदेखिएकाले के–कति कारणले हाजिर नभएको हो त्यसको विवरण पठाउन महानगरले निर्देशन दिएको छ । स्पष्ट कारण खुलाएर अनुपस्थित हुनुको कारण नदेखाएसम्म असार महिनाको तलब नै नबन्ने महानगरपालिकाले चे’ता’वनी दिएको छ ।

यो पनि.. स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट बालेन शाह बिजय भएपछि अहिले एक खालको नयाँ माहोल देखिएको छ ।

चर्चित व्यक्तिहरु नै चुनावमा उम्मेद्धवार बन्दा जित्ने सम्भावना रहेको बुझिन थालिएको छ । यसैबीच आउँदो चुनावको लागि स्वतन्त्रबाट उम्मेद्धवार बन्न संचारकर्मी रवि लामिछानेले आफूले शुरु गरेको ग्यालेक्सी टीभी नै छाडेका छन् ।

आउँदो संसदीय चुनावमा काठमाडौंबाट उठ्नको लागि उनले ग्यालेक्सी टीभीबाट बाहिरिएको हुन् । यो कुरा आफै बिहीबार सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै उनले जानकारी दिए । काठमाडौंको ३ नम्बर क्षेत्रबाट उठ्ने सम्भावना रहेको बताइएको छ ।

यसैबीच फेरि अर्को चर्चा पनि शुरु हुन थालेको छ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल पनि चुनावमा होमिने बताइएको छ ।

उनले काठमाडौँ वा काभ्रेमध्ये एक ठाउँबाट स्वतन्त्र उम्मेदवारी दिएर औपचारिक रुपमा राजनीतिक यात्रा थाल्ने बताइएको छ । आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने बताउदै आएका हमाल अब राजनीतितर्फ लम्बने सक्ने अनुमान गर्न थालिएको छ ।

प्रतिकृया दिनुहोस्