Saturday, July 2

भन्सार छली ल्याइएको २ ट्रक रसायनिक मल दिउँसै धादिङका किसानले यसरी लुटे (भिडियो सहित)

June 18, 2022 80

नेपालको मुख्य बाली धान खेती गर्ने समयमा रासायनिक मलको चरम अभाव भएका बेला धादिङका किसानले २ ट्रक रासायनिक मल लुटपाट गरेका छन् । शनिवार धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वठा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन् । सो मल भारतबाट भन्सार छली ल्याइएको बुझिएको छ ।

सशस्त्र प्रहरीले मल लुटपाट रोक्न खोजेपनि उनीहरुको केही सीप लागेन । भन्सार छलेको भन्दै राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानले कब्जा गरेर मल घरतिर लगेका हुन् । उनीहरुले झन्डै ५ सय हाराहारी मल घरतिर लगेका छन् । भन्सार छलेर ल्याएको मल व्यापारीहरुले महंगो बेच्ने गरेको उजुरीपछि राजश्व विभागले छापा मारेको जनाइएको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

यो पनि… मेयर हर्क साम्पाङ खानेपानीको स्रोत जलाधार क्षेत्र जोगाउन र धराने जनतालाई पानी खुवाउने अभियानमा छन् । यसको लागि उनी पानीको स्रोत थप्न मात्र होइन, स्रोत बढाउन जलाधार क्षेत्र जोगाउन पनि लागिपरेका छन् ।

उनको यही अभियान अन्तर्गत आज (शनिबार) धरान ४ स्थित जलाधार क्षेत्रमा पर्ने छोटीमोरङमा वृहत वृक्षारोपण कार्यक्रम भयो । सिरिस, चिउरी, स्वामीलगायत २ सयको हाराहारीमा विरुवाहरु रोपिएको थियो ।

मेयर साम्पाङको आह्वानमा सेवक अभियान, धरान साइक्लिङ संघ, सेवक अभियान, सुनौलो आमा समुह धरान ८, सचेत धराने समुहलगायत विभिन्न संघसंस्थाहरुको पनि सहभागिता रहेको थियो । यसअघि पनि मेयर साम्पाङको नेतृत्वमा धरान वडा नं २० मा खानेपानीको मुहान क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम भएको थियो ।

मेयर साम्पाङले जलाधार क्षेत्र जोगाउन र पानी स्रोत बढाउनको लागि वृक्षारोपण गरिएको बताए । उनले प्रकृति जोगाउनु पर्ने बताउदै प्रकृति जोगाउनु नै पनि विकास भएको बताए । उनले जलाधार क्षेत्रलाई मानव प्रवेश निषेध क्षेत्र बनाउने पनि बताए । धरान उपमहानगरको वातावरण शाखा प्रमुख भेषराज घिमिरेले रोपिएको विरुवाहरु संरक्षणमा पनि ध्यान दिने बताए ।
उनले श्रमदान गर्न आह्वान गर्दा सयौंले साथ पनि दिएका छन् । शनिबार दिउँसो करिब १२ बजे पकुवा खोलामा मेयर साम्पाङसँगै धरानका जनताहरु पनि पुगे । मेयर साम्पाङले आफै ढुंगा बोके, गैतीले खने, र बेल्चाले ढुंगामाटो फाले । उनको अभियानलाई युवा, महिला सबैले साथ दिए ।

धरानका व्यवसायी तथा साइक्लिष्ट कुन्दन श्रेष्ठले मेयर साम्पाङको जोश देखेर साथ दिन आएको बताए । यस्तै, पर्यटनकर्मी रामप्रसाद राईले पनि धरान निर्माण गर्ने राम्रो कामलाई साथ दिन आएको बताए । गायक तथा कलाकार भक्तिराज राईले पनि जो सुकैले गरेको राम्रो कार्यमा सबैको समर्थन हुने र आफु पनि मेयर साम्पाङलाई साथ दिन श्रमदानको लागि आएको बताए ।- क्लिकधरानबाट।

उनले भर्खरै एउटा स्टाटस लेख्दै भनेका छन्… धरान बनाउनलाई पसिना बगाउने सबैलाई हार्दिक धन्यवाद ! भोलि, पर्सी… दैनिक काम गर्दैछौँ ! सबै जना आइदिनु होला ! धन्यवाद !

भिडियो:

प्रतिकृया दिनुहोस्