Saturday, July 2

दुर्गा प्रसाईंको घोषणा: ”दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज खोल्ने”

June 19, 2022 81

झापा, ५ असार : मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स ९दुबई०मा मेडिकल कलेज खोल्ने बताएका छन् ।

झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।

‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उनले भने, ‘बिएण्डसी दुबई भनेर म त्यहाँ ९दुबई० मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौं।’

नेपाल भ्रमणमा रहेका दुबईका ‘राजकुमार’ शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र आफूबीच यस विषयमा आपसी समझदारी पनि भएको उनको दाबी छ ।

काठमाडौं । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई दुबईका राजकुमारद्वारा सुनको लौरो उपहार दिइएको छ ।

तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रसाईंलाई शनिबार सुनको लौरो उपहार प्रदान गरेका हुन्।

श्री एयरलाइन्सको विमानमार्फत चन्द्रगढी विमानस्थलमा ओर्लिएका दुबईका राजकुमार मोक्तुमलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए। स्वागतकै क्रममा राजकुमार मोक्तुमले विमानस्थलमै प्रसाईंलाई सुनको लौरो उपहार दिएका थिए ।

दुर्गा प्रसाईको निमन्त्रणामा राजकुमार मोक्तुम नेपाल आएको बताइएको छ भने राजकुमार मोक्तुम झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको छ । राजकुमार मोक्तुमले झापासँगै काठमाडौं र पोखराको भ्रमण गर्ने कार्यतालिका रहेको पनि बताइएको छ।-न्युज२४

यो पनि..काठमाडौं महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने भएका छन् । समयमै कार्यालयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने महानगरपालिकाले सूचना निकालेर चे’ता’वनी दिएको छ । यो समाचार सार्वजनिक भए सँगै सबैले यस्को तारिफ गरेका छन् ।

सबै विभाग र वडालाई पत्र पठाएर महानगरपालिकाले गएको चैतमा महानगरपालिकाको परिपत्रअनुसार सम्पूर्ण कर्मचारीको हाजिरी रेकर्ड हेर्दा हाजिर नदेखिएकाले के–कति कारणले हाजिर नभएको हो त्यसको विवरण पठाउन महानगरले निर्देशन दिएको छ । स्पष्ट कारण खुलाएर अनुपस्थित हुनुको कारण नदेखाएसम्म असार महिनाको तलब नै नबन्ने महानगरपालिकाले चे’ता’वनी दिएको छ ।

यो पनि.. स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट बालेन शाह बिजय भएपछि अहिले एक खालको नयाँ माहोल देखिएको छ ।

चर्चित व्यक्तिहरु नै चुनावमा उम्मेद्धवार बन्दा जित्ने सम्भावना रहेको बुझिन थालिएको छ । यसैबीच आउँदो चुनावको लागि स्वतन्त्रबाट उम्मेद्धवार बन्न संचारकर्मी रवि लामिछानेले आफूले शुरु गरेको ग्यालेक्सी टीभी नै छाडेका छन् ।

आउँदो संसदीय चुनावमा काठमाडौंबाट उठ्नको लागि उनले ग्यालेक्सी टीभीबाट बाहिरिएको हुन् । यो कुरा आफै बिहीबार सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै उनले जानकारी दिए । काठमाडौंको ३ नम्बर क्षेत्रबाट उठ्ने सम्भावना रहेको बताइएको छ ।

यसैबीच फेरि अर्को चर्चा पनि शुरु हुन थालेको छ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल पनि चुनावमा होमिने बताइएको छ ।

उनले काठमाडौँ वा काभ्रेमध्ये एक ठाउँबाट स्वतन्त्र उम्मेदवारी दिएर औपचारिक रुपमा राजनीतिक यात्रा थाल्ने बताइएको छ । आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने बताउदै आएका हमाल अब राजनीतितर्फ लम्बने सक्ने अनुमान गर्न थालिएको छ ।

प्रतिकृया दिनुहोस्