Saturday, June 3

ज्ञानेन्द्र शाहीले खाए निगमका हाकिमको सातो, जनतालाई लुटेर भीआईपीलाई इन्धन फ्रीमा दिए नत्र १२० मुल्य (भिडियो सहित)

June 20, 2022 805

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नुकाे कारण माग गर्दै नेपाल आयल निगम कार्यालयमा धर्ना दिएको छ । आज सोमवार टेकुमा रहेकाे निगमको केन्द्रीय कार्यालय पुगेका पार्टीका नेता, कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन् ।

प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ ? नेपाल आयल निगमका कर्मचारीको बोनस कति छ ? नेपालका भीभीआईपीलाई वर्षको कति पेट्रोल निःशुल्क उपलब्ध गराइन्छ ? प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलमा कति कर लाग्छ ? लगायतका सात वटा प्रश्नको जवाफ माग गर्दै निगम कार्यालयमा धर्ना दिनुपरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो । उहाँले अनावश्यक करको दरमात्रै हटाउने हो भने पनि पेट्रोलियम पदार्थको मूल्य आधा घट्न सक्ने स्पष्ट पार्नुभयो ।

गए रातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर एक सय ९९, डिजल एक सय ९२ रुपैयाँ पुर्‍याएपछि त्यसको विरोधमा सर्वसाधारणसमेत आएका छन् ।

हवाई भाडा बढ्यो
काठमाडौँ, ६ असार (रासस) :नेपाल वायु सेवा सञ्चालक सङ्घले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सङ्घले आगामी बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो ।

सङघले आज एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको फ्यूल चार्ज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यअनुसार अब सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रुपैयाँले भाडा बढ्नेछ । बढेको भाडाअनुसार यो रुटमा हवाई यात्रुले अधिकतम रु १६ हजार ८०५ तिर्नुपर्नेछ । सबैभन्दा कम काठमाडौँ–सिमरामा रु ७० ले भाडा बढेर जम्मा रु ४ हजार १९५ पुगेको छ ।

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्