Sunday, August 7

विदेशमा बस्ने नेपालीले पठाए मेयर हर्क साम्पाङलाई बहुमुल्य उपहार

June 20, 2022 152

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई जनताका बास्तविक प्रतिनिधि हुन् । उनी जनतासँग हुन्छन, जनताकै घरमा खान्छन्, जनताकै सेवामा केन्द्रीत हुन्छन् ।

नेपालको संविधानले स्थनीय तहका जनप्रतिनिधिहरुको व्यवहार, आनीबानी र कामगर्ने तौरतरीका यस्तो होस् भन्ने मर्म बोलेको छ । बास्तविक जनताको प्रतिनिधि भएपछि देश विदेशबाट उनलाई सानो सानो गर्दै ठूलो सहयोग प्राप्त भएको छ ।

अन्य सहरभन्दा धरान सहर सफा र सुदर सहरका रुपमा परिचित छ । त्यही सहरलाई झन सुन्दर बनाउन सामाजिक अभियान्त इशा गुरुङले नगरपालिकाका लागि ठूला डस्वीन सहयोग गर्ने भएकी छन् ।

पूर्वसचिव भीम उपाध्यायका अनुसार गुरुङले धरानका मेयर साम्पाङलाई सडक फोहार व्यवस्थापन अभियानमा सहयोग गर्न १ लाख रुपैयाँ बराबरको ३० वटा ठूलो डस्टबिन उपलब्ध गराउने भएकी हुन् ।

यसले धरानका मेयर साम्पाङलाई धरान सफा अभियानका लागि ठूलो सहयोग पुग्नेछ । यसअघि मेगा बैंक नेपाल लिमिटेडले पनि डस्वीन सहयोग गरेको थियो ।

नगरपालिकाले ३० वटा डस्वीन किन्नका लागि ठूलो पापड पेल्न पर्छ । खरिद ऐन, नियमावलीले यस्ता डस्वीन किन्न ६ महिना लगाइदिन्छ । त्यसकारण यसरी निजी क्षेत्रबाट आउने सहयोगलाई साम्पाङले बहुमुल्य उपहारका रुपमा ग्रहण गर्ने गरेका छन् ।

यो पनि— काठमाडौं म,हानगरपालिकामा नयाँ प्रमुखको ईन्ट्री भएपछि वि, चौलिया र भ्र,ष्टहरुको निद हराम नै भएको छ । हरेक क्षेत्रमा रहेका विकृति विसङ्गती ह’ टाउन तल्लीन बालेनले नयाँ नयाँ योजना ल्याइरहेका हुन् ।

यसैबीच, बालेनको नेतृत्वमा महानगरले निजी विद्यालयहरुले आम्दानीको केही प्रतिशत रकम महानगरलाई दिनुपर्ने भएको छ । यो खबर बाहिरिएपछि निजी स्कुलका मालिकह्ररु तनावमा छन् भने ती विद्यालयमा पढ्ने विद्यार्थीहरु त्रसित बनेका छन् ।

महानगरको शिक्षा कोषमा आम्दानीको केही प्रतिशत रकम ती विद्यालयहरुले हाल्नुपर्ने महानगरका मेयर बालेन्द्र शाहले बताए । साहको यो घोषणापछि निजी स्कुलका मालिकले शुल्क बढाउने भए भन्दै अभिभावकहरु त्र’ सित बनेका छन् भने शुल्क बढाउन नदिई केही प्रतिशत महानगरले लिनेभयो भन्दै स्कुल व्यावसायी तनावमा छन् ।

आगामी आर्थिक वर्ष २०७९÷०८० नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाहले उक्त रकम विपन्न विद्यार्थीहरुका लागि खर्च हुने बताए । यस्तै, महानगरले जीवनपयोगी शिक्षालाई जोड दिने नीति लिएको मेयर शाहले जनाए ।

महागरमा कक्षाा १ देखि ८ सम्म पढाइ हुँदै आएको नेपाल भाषा कक्षालाई निरन्तरता दिइने उनले बताए । स्थागत विद्यालयको शुल्क पुनःनिर्धारण गरेर वैज्ञानिक ढंगबाट बनाउने नीति महानगरले लिने मेयर शाहको भनाइ छ ।

दरबार हाइस्कुललाई देशकै नमुना विद्यालय बनाउने नीति महानगरले लिएको छ । यस्तै, सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने, थप २ वटा सामुदायिक विद्यालयमा प्राविधिक विषयमा अध्यायपन गराइने मेयर शाहले बताए । यस्तै, काठमाडौं महानगरपालिकाले महानगर जनस्वास्थ्य ऐन जारी गर्ने, सहरी स्वास्थ्य केन्द्र बनाउने, नियमित स्वास्थ्य जाँच गरिने बताए ।-प्रहारन्युज/सांकेतिक तस्विर।

यो पनि — काठमाडौं क्षेत्र नं ३ बाट प्रति’निधिसभाको चुनाव लड्ने तयारी गरिरहेका पूर्व सञ्चा’रकर्मी रवि लामिछाने अप्ठयारोमा परेका छन् । आफ्नै दाजुले काठमाडौं क्षेत्र नं ३ बाट उम्मेदवारी घोषणा गरेपछि रवि अप्ठयारोमा परेका हुन् ।

दशकौंदेखि सक्रिय स ञ्चारकर्ममा रहेका रवि लामिछानेका दाजु हरिशरण लामिछानेले काठमाडौं ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । दाजुको उम्मेदवारी घोषणापछि रविले चुनावी क्षेत्र परिवर्तन गर्ने सम्भावना रहेको बुझिएको छ । यदि रविले पनि ३ नं क्षेत्रबाटै चुनाव उठ्ने घोषणा गरे भने दाजुभाईबीच प्रतिष्पर्धा हुनेछ ।

रवि लामिछानेका दाजु हरिशरणले स्वतन्त्र राष्ट्रिय सन्जाल निर्माण अभियानको घोषणा गरेका छन् । देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि निवार्चन क्षेत्र कायम गरिनेछ ।

मेरो हकमा काठमाडौ–३ बाट उम्मेदवारी दिने समझदारी भएको सबैमा जानकारी गराउँदछु, हरिशरणले घोषणा गरेका छन, सम्भवतः काठमाडौं– १ मा पुकार बम, ५ मा रन्जु दर्शना र ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्नु हुनेछ । काठमाडौंबाहेक अन्यत्र पनि उम्मेदवार घोषणा गर्ने लामिछानेले जनाएका छन् ।

काठमाडौं बाहिर विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्नु हुनेछ बाँकी कुरा यही १७ र १८ असारमा राष्ट्रिय भेलाले तय गर्ने बताईएको छ । हरिशरणले भनेका छन्, उनीसँग पनि लामो समय रेडियो पत्रकारिताको अनुभव छ ।

यसैगरी उनका भाइ रविले भने ७ असारमा राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्नेछन् । तर, उनले कुन स्थानबाट निर्वाचन लड्ने, त्यो भने अझै खुलाएका छैनन् । सम्भवतः मंगलबारको कार्यक्रमार्फत उनले सो घोषणा गर्नेछन् ।-योहोटिभीबाट।

यो पनि.. पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको छ । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।

यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।

बढेको नयाँ भाडादर हेर्न यहाँ क्लिक गर्नुहोस्…

५ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी  गरेको छ ।

निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।
खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्