Sunday, August 7

किस्तामा स्कुटर :दैनिक १३९ रुपैयाँ बिना डाउन पेमेन्टमा मोटरसाइकल

June 22, 2022 281

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको अवस्थामा नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर आयातकर्ता कम्पनीहरुले ग्राहकको ध्यानाकर्षणका लागि विभिन्न स्किम ल्याउने गरेका छन् । यसै सन्दर्भमा सुपर सोको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक डी–लाइफ स्टाइल्सले दैनिक १३९ रुपैयाँ किस्ता तिरेर स्कुटर लिन सकिने सुविधा उपलब्ध गराएको छ ।

अन्य कम्पनीहरुले शुरुमा निश्चित रकम डाउन पेमेन्टको रुपमा तिर्नु पर्ने स्किम उपलब्ध गराउने गरिरहेकोमा सुपर सोको स्कुटरका लागि भने शुरुमा डाउन पेमेन्टको रुपमा रकम बुझाउनु पर्ने छैन ।

कम्पनीका अनुसार दैनिक १३९ रुपैयाँ किस्ता सुविधामा सीयू मिनी स्कुटर उपलब्ध हुनेछ । जसको मूल्य १ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ । यो स्कुटर एक पटकको फुल चार्जमा ६० किलोमिटरसम्म गुडाउन सकिने छ ।

यस्तै ग्राहकले शून्य प्रतिशत डाउनपेमेन्टमा १२, १८ र २४ महिनाको किस्ताबन्दी सुविधाका साथ सुपर सोकोका मोटरसाइकल खरिद गर्न सक्नेछन् । यद्यपि डाउन पेमेन्ट बापत कुनै शुल्क नलागेपनि ब्याज बापत लाग्ने रकम भने सुरुमै तिर्नुपर्ने हुन्छ ।

नेपाली बजारमा सुपर सोको ब्रान्डका विभिन्न मोडलका बाइक र स्कुटर उपलब्ध छन् । नेपाल अटो

फोटो:फाईल

प्रतिकृया दिनुहोस्