Sunday, August 7

एक महिला एक करोड रुपैयाँ भन्दा बढी रकम लिएर फरार, फरार महिलाको खोजी गरिदिन स्थानीय वासिन्दाको आग्र, ह

June 30, 2022 103

काठमाडौँ — रुपन्देहीको देवदहमा एक महिलाले एक करोड रुपैयाँ बढी रकम लिएर फरार भएको भन्दै स्थानीय वासिन्दाले खोजी गरिदिन आग्रह गरेका छन् । पाल्पा कसेनी स्थायी घर भई देवदह नगरपालिका–७ मा बस्दै आएकी भुमिका घर्ती मगरले जग्गा खरीदमा साझेदारी, सापटी, धितो जमानी, सामान खरीद लगायतका वहानामा १८ जना भन्दा बढीसँग रकम संकलन गरेर डेढ वर्षदेखि सम्पर्कविहीन भएकी हुन् ।

उनले एक जनासँग ६० हजारदेखि १५ लाखसम्म रकम लिएर कुल एक करोड भन्दा बढी रकम असुलेको स्थानीयको भनाइ छ । भूमिकालाई पैसा दिने कतिपयले विश्वासका आधारमा विना कागज नै पैसा दिएका छन् भने कतिपयले लिखत गरेर दिएका छन् । पैसा फिर्ता पाउने आशमा बसेका स्थानीयले भूमिका सम्पर्कमै नआएपछि पत्रकार सम्मेलन गरेर उनलाई खोजी गरेर रकम फिर्ताको पहल गरिदिन सरकारी निकायसंग माग गरेका छन् । उनीहरुले सामूहिक रुपमा देवदह प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएका छन् ।

‘देशको आर्थिक संकट निवारण गर्न राज्यले प्रभावकारी भूमिका खेलेन’
काठमाडौं, १६ असार/नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले राज्यले उद्योगी व्यवसायीहरला२ संरक्षण नगरेर मुकदर्शक बनेको भन्दै आपत्ति जनाएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेको उद्योग,वाणिज्य तथा आपूर्ति विभागले मुलुकको आर्थिक संकट, आर्थिक अराजकता र आर्थिक असुरक्षाको अवस्थाका कारण उद्योगी व्यवसायीहरु पीडित हुनु परेको र यस्तो पीडाका बेलामा राज्यले उद्योगी व्यवसायीहरलाई संरक्षण गर्नुपर्नेमा कुनै ठोस सहयोग नगरेको र राज्यले अविभावकीय भूमिका नखेलेर मुकदर्शक बनको भन्दै आपत्ति जनाएको छ । देशको वर्तमान आर्थिक संकटप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

उसले उद्योगी व्यवसायीहरुको पीडामा मलम लगाउने र आफूहरुलाई संरक्षण गर्ने राज्य छ भन्ने अनुभूति दिलाओस् भन्ने आफूहरुको अपेक्षा रहेको जननाएको छ ।

विभागले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण रुपमा असन्तुष्टि जनाएको छ । बजेटमा उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने कुनै पनि प्रभावकारी नयाँ कार्यक्रम आउन नसकेको उसको भनाइ छ ।

सरकारले महंगी नियन्त्रण गर्न नसकेको र उद्योगीलाई राहत हुने र उपभोक्तालाई सहुलियत दिने कुनै पनि काम ल्याउन नसकेको उसको आरोप छ ।

प्रतिकृया दिनुहोस्