Sunday, August 7

पोखरा महानगरपालिकाले तोक्यो खु, र्सानीदेखि धानसम्मको बिक्री मूल्य, हेर्नुहोस यस्तो अबको मुल्य..

July 1, 2022 104

पोखरा । पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र हुने मुख्य उत्पादनको बिक्री मूल्य तोकेको छ । लगानी र मेहिनतको मापदण्डको आधारमा २३ वटा उत्पादनको न्युनतम समर्थन मूल्य निर्धारण गरिएको हो । उपमेयर मन्जुदेवी गुरुङले मूल्यसूची सार्वजनिक गरेकी हुन् ।

पोखराको पहिचानका रुपमा रहेको जेठोबुढो धान, मकै, गहुँ, कोदो, फापर, कागुनो, तोरी, काउली, बन्दा, रायोसाग, गोलभेडा, सिमी, घिरौंला, काँक्रो, करेला, आलु, अदुवा, खुर्सानी, लसुन, प्याज, कार्पमाछा, मह र च्याउको मूल्य निर्धारण गरिएको हो ।

महानगरले तोकेको मूल्यअनुसार पोखरेली जेठोबुढो धान प्रतिकिलो ९० रुपैयाँ छ । मह ७५० रुपैयाँ प्रतिकिलो छ भने खुर्सानी ५२ रुपैयाँ किलो तोकिएको छ । तर, पोखरा महानगरले तोकेको मूल्यमा उक्त उपज पाउन मुस्किल छ । यहाँका मण्डीहरूमा निकै महंगो तिरेर उपभोक्ताले खाद्यान्न तथा तरकारी खरिद गर्न बाध्य छन् ।

यो पनि.. काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेको खुसीयालीमा कृष्णले एक दिन सित्तैमा तरकारी बाँडेका छन् । सिन्धुलीका २२ वर्षिय कृष्ण अधिकारीले दैनिक रू.४० हजारसम्म तरकारी तथा फुल बेच्छन्।

उनले बालेनले चुनाव जितेमा एक दिन तरकारी सित्तैमा दिने घोषणा गरेबमोजिम बालेनले चुनाव जितेपछि आज असार १५ गते चाबहिल गणेशस्थान पछाडिको आफ्नो पसलबाट गाडीमा हालि तरकारी सित्तैमा बितरण गरेका हुन् ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उठेका बालेन शाह निर्वाचित भएका थिए । साहले ६१ हजार ७६७ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी थिइन् । त्यस्तै एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए ।

हेरौ उनले तरकारी बाँडेको यो भिडियो

प्रतिकृया दिनुहोस्