सामाजिक अभियन्ता हर्क साम्पाङ मेयर भएपछि खानेपानी समस्या हल गर्न केन्द्रीत भए । त्यसैक्रममा उनले सपना देखे, धरानको वडा नं २० स्थित पकुवा खोलाका पानी ल्याउने ।
धरानका मेयर हर्कराज राई (साम्पाङ) ले धरान २० मा रहेको विष्णुपादुकास्थित पकुवा खोलाबाट पानी ल्याउने घोषणा गरेपछि धरानका जनताहरूले साथ दिएका छन् ।
केहीदिनदेखि पकुवा खोलाबाट पानी ल्याउन धराने जनताले स्वतस्फुर्तरुपमा श्रमदान गरिरहेका छन् । अझ रोचक त के छ भने धरान–११ र १७ का बासिन्दालाई पानी खुवाउन अन्य वडाका धरानबासीले जनश्रमदान गरिरहेका छन् ।
‘धरान–११ र १७ का बासिन्दालाई पानी खुवाउन सोही वडा र अन्य वडाका बासिन्दाको पनि श्रमदान गरेका थिय । धरान–८ बाट आएकी दुर्गादेवी राईले स्वतस्फुर्त धरानबासीको पानीको समस्या समाधान गर्नका लागि राहत पुगोस् भनेर श्रमदान गर्न आइपुगेको बताइन् ।
मेयरले आफ्नो योजना केही नजिकका साथीभाईसँग बुने, र सामाजिक सञ्जालबाट सार्वजनिक गरे । करिब तीन साता अघि जनश्रमदानबाटै पकुवाको पानी ल्याउने नेतृत्व गर्न पुगेका मेयर साम्पाङलाई सयौं धराने जनताले साथ दिए । शनिबार र अन्य सार्वजनिक विदाको दिन उनी अहिले पनि श्रमदान गर्न पुग्छन् ।
जनताको समर्थन र राजनीतिक दलका केही नेता, कार्यकर्ताहरुको आलोचनाको बीच जारी पकुवा प्रोजेक्ट अब भने सफलता उन्मुख भएको छ । यतिका दिनको मेहनत पछि आज (सोमबार) पकुवाको पानी पाइपमार्फत सर्दु खोलामा झार्न सफलता मिलेको छ । आज दिउँसो पकुवाको पानी धरान ११ स्थित सर्दु खोलामा पाइपबाट खस्दा श्रमदान गरिरहेका धरानबासीहरुमा असिम खुशी र उत्साह जागेको थियो ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ठूलो सफलता हात पारेका छन् । धरानका जनतालाई सुद्ध पानी खुवाउने उनको सपना पुरा भएको छ ।
आफै श्रमदान गरेर साम्पाङले पकुवा खोलाको पानी धरानको सर्दु भन्ने ठाउँमा पुर्याएका छन् । धरानमा पानी पुगेपछि उनले आफ्ना आँखाबाट आशु रसाएको बताएका छन् ।
‘म एउटा माध्यम मात्रै हुँ ! गर्ने सबै धराने जनता हुन्’, सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘सबै–सबैलाई अति धेरै सम्मानका साथ धन्यवाद । आज सर्दु छेउको बस्तीमा पानी आइपुग्यो । यो देख्दा आँखा रसाएको छ मेरो ।’
उनले अगाडी लेखेका छन्, ‘आखिर म जनताको सेवक न परें ! यति सेवा गर्न पाउँदा म अत्यन्तै खुसीछु ! विरोधीहरुका लागि यो सानो काम होला तर मेरो लागि यो कामको अर्थ अपरम्पार छ !’
उनलाई विरोधीहरुले श्रमिक बनेको, मेयर भएर ढुंगा बोकेको, कुल्ली, किसान लगाए शब्दको प्रयोग गर्दै बदनाम गर्न खोजेका थिए । त्यही कुल्ली काम गरेर साम्पाङले आज धराने जनतालाई पानी खुवाउन सफल भएका छन् ।
बाँकी तलको भिडियो:
प्रतिकृया दिनुहोस्