Saturday, October 1

हर्क साम्पाङको हातमा यो मुलुक पुग्यो भने मात्रै बन्छः डा.सुरेन्द्र भण्डारी (भिडियो सहित)

August 5, 2022 240

काठमाडौं । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको हातमा यो मुलुक पुग्यो भने मात्र मुलुक बन्ने दाबी गरेका छन् ।

धरान उपमहानगरपालिकाका मेरयमा स्वतन्त्र उम्मेदवार दिएर खानेपानीको मुद्दा उठाएर उपमहानगर प्रमुखमा निर्वाचित भएपछि उनी खानेपानीमा केन्द्रित रहेर काम गर्दै आएका छन् ।

अहिले हर्क साम्पाङको काम देखेर सबै जना चकित भएका छन् । देश भरिनै चर्चामा पनि आएका छन् । उनको काम देखेर प्रशंसा गर्नेहरु पनि धेरै छन् ।

अहिले मुलुकको नेता भनेकै हर्क साम्पाङ मात्रै भएको अरुमा त्यो क्षमता नभएको उनले बताए ।

उनले भने, ‘यदि हर्क साम्पाङ राजनीतिमा आएर म ‘पार्लमेन्ट’ को ‘इलेक्सन’ मा जान्छु । मलाई साथ दिनुस् भनेर टिम बनाए भने मलाई लाग्छ ठुलो परिर्वतन आउँछ ।

बालेनले कोशिस गरे पनि तर हर्क साम्पाङको ‘लेभल’ मा नभएको उनको ‘लेभल’ निकै माथि नेपाली सपुत भएको र आफुलाई बिग्रार्नु नहुने बताएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्..

प्रतिकृया दिनुहोस्