Saturday, October 1

मेयर हर्क साम्पाङ्गको सेलिब्रेटीको भन्दा धेरै क्रेज, पढ्दै गरेका विद्यार्थीले क्लास बाहिर निस्किएर हुटिङ्ग लगाए (भिडियो सहित)

August 7, 2022 232

धरानका निजी विद्यालयहरूले महँगो शुल्क लिएको जनगुनासो आएपछि मेयर हर्क साम्पाङले धरानका केही निजी विद्यालयहरूको अनु’गमन गरेका छन् ।

धरान-१५ मा रहेको के के इन्टरनेश्नल स्कुल, विष्णु मेमोरिय स्कुल धरान-९ र मेमोरियल स्कुलमा मेयर अनुगमनका लागि धरान उपमहानगरपालिकाको शिक्षा महाशाखा, अभिभावक सङ्घ र सञ्चारकर्मीहरू सहित पुगेका थिए ।

पछिल्लो समय धरानका केही निजी विद्यालय’हरूले अभि’भावकको ढाड सेकिने गरी शुल्क लिएको भन्ने जनगुनासो आएपछि आफू विद्यालय अनुगमनमा निस्किएको मेयर साम्पाङले बताए । के के इन्टरनेश्नल स्कुल बिदा भएकोले त्यहाँ विद्यालयका केही कर्मचारी र पदाधिकारी”हरुसँग भेटेर विद्यालयको अवस्थामा बुझेका थिए ।

विद्यालयका पदाधिकारी र कर्मचारी’हरूसँग छोटो छलफल पछि मेयर साम्पाङ धरान ९ मा रहेको विष्णु मेमोरियल स्कुल पुगेका थिए । स्कुलमा पुग्दा विद्यार्थीले मेयर आफ्नो स्कुलमा आएको देखेर एका’एक खुसीले कराएका थिए ।

विष्णु मेमोरियल बोर्डिङ स्कुलमा भने कक्षा सञ्चालन भइरहेकोले विभिन्न कक्षाहरूको अवलोकन गरिएको थियो भने कम्प्युटर ल्याबको समेत अवलो’कन गरेका थिए । विद्यालयका पदा’धिकारीहरुसंग विद्यालयले महँगो शुल्क लिएको जनगुनासो आएकोले आफू विद्यालयमा अनुगमनमा निस्किएको मेयर साम्पाङले बताए ।

यसैगरी लक्ष्मी सडकमा रहेको युरेका स्कुलको पनि मेयर अनुगमनमा पुगेका थिए । त्यहाँ पनि विद्यालयमा परीक्षाको लागि बिदा भएकोले विद्यार्थी भने भेटिएनन् । विद्यालयका केही पदाधिकारी’हरूले मेयरलाई विद्यालयको बारेमा जान’कारी दिएका थिए । निजी विद्यालयको अनुगमन पछि संचारकर्मी’हरुसँग मेयर साम्पाङले प्रति’क्रिया दिँदै भने-अव देखि नियमित धरानका सबै विद्यालय’हरूको अनुगमन गर्ने बताए ।

यहाँ निजी विद्यालय’हरूले महँगो शुल्क लिएको, विद्यालय र पसले बिच कमिसनमा विद्यालयले तोकेको पसलमा मात्रै खरिद विक्री गर्नुपर्ने जस्ता सिण्डकेट लागु गरिएको र स्कुल बसमा विद्यार्थीलाई क्षमता भन्दा बढी कोचेर विद्यार्थी बोक्ने गरेको लगायतको जन’गुनासो आएपछि स्थानिय सरकारको हैसियतमा आफूले विद्यालय अनुगमन गरेको बताए । धरानका निजी विद्यालयहरू मात्रै होइन अव सरकारी विद्यालय’हरूमा पनि नियमित अनुगमन गर्ने मेयर साम्पाङले बताए ।

निजी विद्यालय’हरूको बारेमा व्यापक जन’गुनासो आएपछि धरान उपमहानगर’पालिकाले आउने आइत’बार धरान उप’महानगरपालिका, निजी विद्यालयका सञ्चालकहरू र प्याव्सन, एन प्याव्सनका पदाधि’कारीहरू बिच छलफल गरेर अघि बढ्ने बताइएको छ ।

भिडियो हेरौं…

प्रतिकृया दिनुहोस्