Tuesday, November 29

आज ह्वात्तै बढ्यो सुनको मुल्य ,

September 23, 2022 148

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो । भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार आठ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२हजार तीन रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै… नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको नेपाली विनिमय दर तोकेको छ । आजको लागि तोकिएको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी डलरले भने आज नेपाली विनिमय बजारमा नयाँ रेकर्ड राखेको छ । अमेरिकी डलर आज पहिलो पटक सबैभन्दा उच्च विन्दुमा पुगेको छ । डलर एकको नेपाली खरिद दर १२९ रुपैयाँ ०८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६८ पैसा पुगेको छ ।

त्यसैगरी, युरो एकको नेपाली मूल्य १२७ रुपैयाँ ५७ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा, पाउण्ड स्ट्रलिङ एकको नेपाली खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४७ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयांक एकको १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८५ रुपैयाँ ६७ पैसा र बिक्री दर ८६ रुपैयाँ ०७ पैसा रहेको छ ।

हेर्नुहोस अन्य देशहरूको आजको बिनिमय दर

प्रतिकृया दिनुहोस्