Saturday, February 4

रवि लामिछाने पछिल्लो परीणामबाट सन्तुष्ट, अब लिड गर्ने दाबी

November 22, 2022 150

काठमाडौं, ६ मंसिर । चितवन–२ का प्रतिनिधिसभाका उम्मेदवार एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको मतगणनामा आफूले लिड गर्ने दाबी गरेका छन् ।

उनले अहिलेसम्म आइरहेको नतिजाबाट आफू सन्तुष्ट रहेको पनि स्पष्ट पारेका छन् ।मतगणनास्थल अ‍ौद्योगिक प्रदर्शनी केन्द्रमा आज (मंगलबार) संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

अहिलेसम्म १०४०५ मत गणना हुँदा एमालेका कृष्णभक्त पोखरेल ३६२३ मतका साथ लिड गरिरहेका छन् ।उता, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३२१६ मत प्राप्त गरेका छन् भने लामिछानेले २९७८ मत ल्याएका छन्।

चितवनमा ढकाल, पोख्रेल र पाण्डेको अग्रता कायमै
चितवन, ६ मङ्सिर (रासस) ः
जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहनुभएको छ । उहाँले छ हजार ७६ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार ८० मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले चार हजार पाँच सय २३ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेकामा ६८ दशमलव७३ प्रतिशत मत खसेको छ ।

यस्तै क्षेत्र नं २ मा नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलले अग्रता कायम राख्नुभएको छ । नौ हजार पाँच सय ८० मत गणना हुँदा उहाँले तीन हजार तीन सय ३९ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले दुई हजार आठ सय ५६ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुई हजार सात सय ९२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेकामा ६७दशमलव तीन प्रतिशत मत खसेको छ ।
क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम गर्नुभएको छ । उहाँले तीन हजार छ सय २३ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका डा भोजराज अधिकारीले तीन हजार दुई सय ८२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले तीन हजार दुई सय ७४ मत प्राप्त गर्नुभएको छ, भने स्वातन्त्र उम्मेदवार दिनेश कोइरालाले दुई हजार सात सय ६६ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा हालसम्म १३ हजार आठ सय ८२ मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं ३ मा ६५दशमलव४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् ।

प्रतिकृया दिनुहोस्