Sunday, February 5

राजेन्द्र लिङ्देनले अग्रता कायमै , यस्तो छ पछिल्लो मतपरिणाम ।।

November 24, 2022 110

झापा – प्रतिनिधि सभातर्फ झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायमै राख्नुभएको छ ।लिंङ्देन नेपाली कांग्रेसका कृष्ण सिटौलाभन्दा ३४ सय ६१ मतान्तरले अघि हुनुहुन्छ । सिटौलाले ३२ हजार ५ सय ८९ मत प्राप्त गर्नुभएको छ ।

नुवाकोट–२ प्रदेशसभा (१) मा माओवादी केन्द्र ढुङ्गाना विजयी

त्रिशूली, ८ मङ्सिर । नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामप्रसाद ढुङ्गाना विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार माओवादी केन्द्रका उम्मेदवार ढुङ्गानाले १२ हजार एक सय १० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ढुङ्गानाका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार केशवराज पाण्डेले ११ हजार छ सय ६२ मत प्राप्त गर्नुभयो । उहाँहरूबीचको मतान्तर चार सय ४८ रहेको छ ।

उक्त निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय बनाएका नेपाली कांग्रेसका उम्मेदवार गीता अमात्यलाई चार हजार ६२ मत र नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रप्रकाश लोहनीलाई दुई सय ८५ मत प्राप्त भएको छ ।

चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दिपेश लामाको दुई हजार आठ सय ८४ मत, स्वतन्त्र उम्मेदवार देवेन्द्र न्यौपानेको पाँच सय १७ र शम्भुप्रसाद पनेरुको एक सय १२ मत आएको छ ।

चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित १३ उम्मेदवार प्रतिस्पर्धामा भए पनि बाँकी उम्मेदवारले प्राप्त गरेको मत एक सयभन्दा कम छ । यस निर्वाचन क्षेत्रमा बेलकोटगढी नगरपालिकासहित विदुरको वडा नं १, २, ३, ४, ५, ६, १० र ११ पर्दछन् । यही मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनमा ३३ हजार सात सय ७५ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस्