Sunday, February 5

सम्हाल्न सकिनन् आफुलाई, रुदै रुदै यसरी बिदा भईन कल्पना (हेर्नुस भिडियो)

December 3, 2022 245

काठमाडौं- चर्चित लोक तथा दोहोरी गायिका कल्पना दाहालले आज बिवाह गरेकी छिन् । अमेरिका निवाशी पुण्यप्रसाद आर्चाय संग आज बिवाह गरेकी हुन् । आफन्त बितेको एक बर्ष नपुग्दै बिहे गर्न नमिल्ने भयका कारण अदालती बिवाह गरेकी गायिका कल्पना दाहालले आज दीर्घकालीन बिवाह गरेकी हुन् ।

अदालती बिहेपछि पहिलो पटक आफ्नो श्रीमान लाई मिडियामा सार्बजनिक गरेकी उनले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग केहि समय अगाडि कानुनि बिवाह गरेकी थिइन । कल्पना दाहाल लामो समय देखी इन्द्रेणीको सदस्यको रुपमा इन्द्रेणी मा दोहोरी गाउदै गएपछि उनको चर्चाहरु चुलीदै गयको थियो।

उनको विवाहको बारेमा पटक पटक अनेक कुराहरु आउदै गर्दा कल्पना दाहालले लामो समय देखी इन्द्रेणीमा सदस्यको रुपमै रहेकी हुदा इन्द्रेणी बाट आफुले कानुनि बिवाह गरेको कुरा खुलासा गर्दै आफ्नो श्रीमान् सहित मिडियामा आयकि थिईन ।

पेप्परमा अदालती बिवाह गरेकि उनले नेपालि सस्कार अनुसार आज बिवाह गरेकी हुन् ।कल्पना दाहालले श्रीमान् मन परेको अनि आफ्नो सबै कुरा बुझ्ने खालको र सधै साथ पाउने भयरै अमेरिका बाट बिहेको लागी उहा आउनु भयको समेत जनायाकी छिन। लामो समय देखी फेसबुकमा चिना जानी भयका अमेरिका निवासी पुण्यप्रसाद आर्चाय र कल्पना दाहाल केहि समय देखी प्रेममा रहदै आयका थिए ।

विवाहमा इन्द्रेणीका अविभावक कृष्ण कंडेल र टिका सानु लगाएत अन्य कलाकार हरु पनि विवाहको सुभकामना दिन पुगेका थिए । अमेरिकी नागरिक पुण्यप्रसाद आर्चाय संग बिवाह गरेपछि कल्पना दाहाल पनि अमेरिका जालिन त भन्ने प्रश्नमा कल्पना दाहालले आफ्नो श्रीमान् जता हुनुहुन्छ म पनि उतै जामला अथवा उहा पनि नेपाल आउनु होला भन्ने कुरा मात्र जनायाकी छन्…

तलको भिडियो हेर्नुहोस्…

यो पनि… काठमाडौं, मंसिर १७ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरु एक हुने समय आएको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध घेराबन्दी भएको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘कथाले माग्यो अब १ स्वतन्त्रहरु एक बन्ने बेला आएको छ १ स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ । यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ ।

हर्क साम्पाङले दुई दिनअघि पनि बालेनले आफ्नो फेसबुक स्टाटस शेयर गरेपछि हर्कले आज फेसबुकमा लेख्दै भेट हुँदा नाचेर देखाउनुपर्ने बताएका थिए । उनले आफूहरु मिलेको हेर्न चाहने धेरै रहेको भन्दै आफूबहरुबीच नमिलेको वा बाझेको कहिले थियो भनि प्रश्नसमेत गरेका छन् । ‘हर्क साम्पाङ र बालेन मिलेको हेर्न चाहने धेरै रैछन ! हामी बाझेको नै कहिले थियौँ र !

उनले लेखेका छन्, अब हाम्रो भेट हुँदा छमछमी नाचेरै देखाउनु पर्ला !’ काठमाडौं महानगरको फोहोर व्यवस्थापनबारे टिप्पणी गरेपछि यी दुई स्वतन्त्र मेयरहरुबीच वाक युद्ध चलेको थियो । हर्क साम्पाङ र बालेन मिलेको हेर्न चाहने धेरै रैछन ! हामी बाझेको नै कहिले थियौँ र ! अब हाम्रो भेट हुँदा छम्छमी नाचेरै देखाउनु पर्ला ।

यो पनी… काठमाडौँ, १७ मङ्सिर (रासस) : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो ।

निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा केही घटेर आएको छ ।

“मङ्सिर १५ गते पाएको खरिद मूल्यसूचीबमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर रु ४३.९३ ले बढेर आएको छ । एलपी ग्यासमा निगमलाई हाल प्रतिसिलिन्डर रु दुई सय ७७.०२ घाटा भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ, “निगमले इन्डियन आयल कर्पोरेशनलाई हालसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब रु २७ अर्ब तिर्न बाँकी छ ।”

ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा रु ३६ करोड ८५ लाख घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब रु ५८ करोड नाफा हुने निगमले जनाएको छ ।

“हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पदार्थको मूल्य पुनःघटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं सरकारलाई उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्