Saturday, June 3

क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियाले किन्यो ,जनवरी १ देखि साउदी अरेबियाबाट खेल्ने

December 23, 2022 229

काठमाडौँ । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले जनवरी १ देखि साउदी अरेबियाको क्लब अल नासरबाट खेल्ने भएका छन्।

स्पेनिस सञ्चारमाध्यम मार्काका अनुसार रोनाल्डो साढे २ वर्षको सम्झौतामा क्लबमा अनुबन्धन हुन लागेका हुन्। ३७ वर्षीय रोनाल्डो २१ करोड ७० लाख अमेरिकी डलरमा क्लबमा आबद्ध हुन लागेका हुन्।

रोनाल्डो आफ्नो क्लबमा आउलान् भनी अल नासरले सात नम्बरको जर्सी खुला राखेको थियो । कतार विश्वकप सुरु हुनुअघि रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध तोड्ने निर्णय गरेका थिए। यससँगै युनाइटेडले उनलाई कुनै पनि टोलीमा जान सक्ने गरी सम्झौता तोड्ने निर्णय गरेको थियो।

यसअघि च्याम्पियन्स लिग खेलिरहेका क्लबले नै रोनाल्डोलाई आफ्नो टोलीमा भित्र्याउन प्रयास गरिरहेको समाचार आइरहे पनि अल नासरले सुरुवातदेखि नै रोनाल्डोलाई टोलीमा ल्याउन इच्छा देखाउँदै आएको थियो।

मार्काका अनुसार साउदी अरेबियाको क्लबसँगको समग्र वार्षिक सम्झौताको आकार प्रति सिजन करिब २० करोड युरोको हाराहारीमा रहनेछ। पीएसजीका स्टारहरु लियोनेल मेस्सी र नेयमारको आम्दानी भने प्रति सिजन ७ करोड ५० लाख र ७ करोड युरो रहेको छ।

पछिल्लो समय रोनाल्डोको प्रदर्शन भने ओरालो लाग्दो क्रममा छ। पछिल्लो समय पोर्चुगलकै टोलीमा पनि उनको आलोचना हुँदै आएको छ।य

यो पनि : कतारले भत्काउन सुरु गर्यो नेपाललाई दिने भनेको रंगशाला !
कतारले हालै सम्पन्न गरेको विश्वकप २०२२ लाई लक्षित गरी निर्माण गरेका रंगशाला भत्काउन सुरु गरेको छ ।

विश्वकप सफलतापूर्वक सम्पन्न भएपछि कतारले रंगशाला व्यवस्थापनको काम सुरु गरेको हो । कतारले विश्वकपको लागि आठ वटा नयाँ रंगशाला निर्माण गरेको थियो ।

आठ वटा मध्ये स्टेडियम ९७४ नामक रंगशाला अस्थायी किसिमको बनाइएको थियो । कतारले ९७४ सिपिङ कन्टेनरको प्रयोग गरी सो रंगशाला निर्माण गरेको थियो । निर्माण सामाग्री कै नाममा रंगशालाको नाम राखिएको थियो ।

यो रंगशाला विश्वकै भिन्न रंगशाला हो । जसमा गिटी, वालुवा, सिमेन्ट, ढुगां लगायतका सामाग्रीको प्रयोग गरिएको थिएन । जसका कारण यो रंगशालाले विश्वमा नै चर्चा बटुलेको थियो ।

कतारले सो रंगशाला नेपाली कामदारको सम्मान स्वरुप नेपाल सरकारलाई प्रदान गर्ने अनौपचारिक घोषणा गरेको थियो । तर, अहिले रंगशाला भत्काउन थाले पछि नेपालले पाउने भन्ने बिषयको चर्चा भने सेलाएको छ ।

यद्यपी कतारले सो सामाग्रीको व्यवस्थापन कसरी गर्नेछ भन्ने बिषयमा समेत कुनै यकिन भै सकेको छैन । तर, कतार सरकारले सो रंगशालाको सामाग्री टयूनिसियलाई दिने भन्ने कतार भित्र नै चर्चा चलेको छ ।

कतारले भर्खरै मात्रै रंगशाला भत्काउन शुरु गरेको फिफा विश्वकपको व्यवस्थापनमा खटिएका एक नेपालीले बताए । उनका अनुसार भर्खरै भत्काउन सुरुवात भएको छ ।

रंगशालाको सामाग्री कसरी व्यवस्थापन भन्ने बिषयमा कतारी सरकारले कुनै पनि उद्घोष गरेको छैन । कतारले निर्माण गरेको सो रंगशालामा ४० हजार मानिस अट्न सक्ने क्षमताको थियो ।

प्रतिकृया दिनुहोस्